• १९ भदौ २०८३, शुक्रबार
  • ११ः४३ राती

नेपालको शान्ति प्रक्रिया विश्वमै मौलिक: अध्यक्ष दाहाल

प्रकाशित मिति

२०७६ फाल्गुन १ गते, बिहीबार ०१:४६

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको शान्ति प्रक्रिया विश्वमै मौलिक भएको उल्लेख गर्नु भएको छ । बिहीबार २५ औँ जनयुद्ध दिवसका अवसरमा पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

१२ बुँदे समझदारीपूर्व तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले आफूलाई अझै ठूला फौजी आक्रमण बढाइदिनु पर्‍यो भन्ने गरेको पनि खुलासा गर्दै अध्यक्ष दाहालले भन्नुभयो, ‘गिरिजाप्रसाद कोइरालाले अझै ठूला आक्रमण गरिदिनुपर्‍यो, ठूल्ठूला फौजी आक्रमण गर्नुपर्‍यो, सदरमुकाम नै हान्नु पर्‍यो भनेर मलाई भन्नुहुन्थ्यो, यही विचित्रको परिस्थितिको बलमा राजतन्त्र ढालेर गणतन्त्र संस्थागत गर्न सफल भएका हौँ ।’

Kamana Sewa

उहाँले शान्ति प्रक्रियामार्फत गणतन्त्रसम्म आइपुग्नु नेपाली जनताको सौभाग्यपूर्ण उपलब्धि भएको चित्रण गर्नुभयो । तत्कालीन माओवादी समाप्त हुने खतरा देखेपछि शान्ति प्रक्रियामा आएको पनि स्पष्ट पार्नुभयो ।

Classic Tech Desktop

प्रतिकृया