• ८ असोज २०८३, बिहीबार
  • २ः०५ राती

फागुन ३ मा चीनमा रहेका नेपालीलाई काठमाडौं ल्याइँदै

प्रकाशित मिति

२०७६ माघ २९ गते, बुधबार ०६:२४

काठमाडौं । चीनमा रहेका नेपाली विद्यार्थीलाई फागुन ३ गते स्वदेश ल्याइने भएको छ।  मन्त्रिपरिषदको बैठकले फागुन तीन गतेको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए। ती विद्यार्थी ल्याउनका लागि नेपाल एयरलाइन्सको जहाज पठाइने भएको छ।

National Life

वुहानमा रहेका १८० नेपाली विद्यार्थीले नेपाल आउनका लागि आवेदन दिएका छन्। वुहानमा रहेकालाई ल्याउन ढिला गरेको भन्दै विद्यार्थीका अभिभावकले विरोध जनाउँदै आएका थिए।

चीनबाट ल्याइने उनीहरुलाई खरिपाटीस्थित विद्युत प्राधिकरणको भवनमा राखिने छ। खरिपाटीका स्थानीयले यसअघि विरोध गर्दै आएकोमा आजै स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, तीनवटै सुरक्षा निकाय र स्थानीयबीच सहमति भएको छ। छलफलमा स्थानीयले विरोध नगर्ने प्रतिबद्धता जनाएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

चीनबाट ल्याइने नेपालीको निगरानीका लागि ८६ जना स्वास्थ्यकर्मीलाई तालिम दिइएको छ।

प्रतिकृया