वैदेशिक सहयोगका आयोजनामा भइरहेको काममा ढिला सुस्तीबारे प्रधानमन्त्रीको असन्तुष्टि
प्रकाशित मिति
२०७६ माघ २६ गते, आईतवार ०६:४१
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चाहेको गतिमा विकास निर्माणको काम हुन नसकेको भनेर असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्रीले आइतबार ४७औं राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै आयोजना कार्यान्वयनको गति, न्यून पुँजीगत खर्च, वैदेशिक सहयोगका आयोजनामा भइरहेको ढिलासुस्तीबारे असन्तुष्टि भएको स्पष्ट पार्नु भएको छ ।
प्रधानमन्त्रकिो अनुसार उपलब्धि नभएको होइन तर सन्तुष्टिजनक नभएको र काममा ढिला भए सँगै पुँजीगत खचृ निकै न्युन भएको बताउनु भएको छ । प्रधानमन्त्री भन्नुहुन्छ, हामीले जुन गतिमा जान थालेको थियौ, त्यो हुन सकेन ।
उहाँले आयोजना कार्यान्वयनमा सरोकारवाला निकायलाई गति दिनको लागि ध्यानाकर्षण गराउनुभयो। प्रधानमन्त्री बैठकमा पुरै समय नबसेता पनि बैठकमा छोटो सम्बोधन गर्नु भएको थियो । प्रधानमन्त्रीले स्वाथ्यमा केही समस्या भएका कारण उपप्रधानमन्त्री इश्वर पोखरेलले बैठकमा सम्बोधन गर्ने जानकारी दिनुभयो ।






प्रतिकृया