नेपाल टेलिकमको विन्टर प्याकेज सार्वजनिक
प्रकाशित मिति
२०७६ माघ २६ गते, आईतवार ०६:२३
नेपाल टेलिकमद्धारा विन्टर अफरको विभिन्न प्याकेज उपलब्ध गराएको छ । उक्त अफर टेलिकमको वार्षिकोत्सवको अवसरमा माघ २२ गतेबाट सुचारु भएको छ । सबै ग्राहकवर्गका लागि चैत महिनाको ३० गतेसम्म सुविधा दिइएको छ । विन्टर अफरमा अटम अफरको सुविधामा सेवा थप गरेर नयाँ प्याकेज सार्वजनिक गरेको छ । यी अफरको उपयोग जीएसएम प्रिपेड-पोष्टपेड तथा सीडीएमए प्रिपेड-पोष्टपेडमा प्रयोग गर्न सकिने कृष्ण प्रसाद भण्डारीले जानकारी दिनुभयो ।
साथै कम्पनीले अटम अफरको रुपमा उपलब्ध गराइरहेका अन्य अफरहरु पनि विन्टर अफरमा पनि लागु हुने बताए । त्यसैगरी पहिलो पटक नेपाल टेलिकमको एप डाउनलोड गर्दा ग्राहकलाई १ सय एम.बी डाटा भोल्युम बोनस दिने जानककारी गराएका छन् । विभिन्न प्याकेज प्राप्त गर्नका लागि ८ज्ञद्धज्ञछ३ मा डायल गर्न अनुरोध गरिएका छ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न जानकारी दिएका छन् ।
त्यसैगरी कम्पनीको वेबसाइट धधध।लतअ।लभत।लउ मार्फत डाटा सम्बन्धी सम्पूर्ण जानकारी लिन सकिने छ । नेपाल टेलिकमले उल्लेख गरिएका सबै प्याकको दरहरु करसहित रहेको सह–प्रवक्ता भण्डारीले जानकारी दिनुभएको छ । उक्त सुविधा सबै ग्राहकवर्गका लागि चैत महिनाको ३० गतेसम्म सुविधा दिइएको छ ।
विभिन्न डाटा प्याकहरुमा निम्न सुविधासहित रहेको छ ।
अल टाइम डाटा प्याक
अल टाइम डाटा प्याक अन्तर्गत १५ रुपैयाँ देखि ७ सय रुपैयाँसम्मका प्याक उपलब्ध छन् । यस अन्तर्गत ६० एमबी देखि १४ हजार एमबी सम्मका प्याकेज खरिद गर्न सकिने छ । यी प्याकेज प्रयोग गर्न सकिने समयावधि पनि १ दिन देखि २८ दिनसम्म हुनेछ ।
डे डाटा प्याक
बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म प्रयोग गर्न सकिने डे डाटा प्याक अन्तर्गत अब १५ रुपैयाँमा २ सय एमबी डाटा प्रयोग गर्न सकिने छ । साथै १० रुपैयाँमा ८० एमबी डाटा समेत प्रयोग गर्न सकिने छ । यी दुबै डाटा प्याक खरिद गरेको २४ घण्टाभित्र चलाउन सकिने छ ।
नाइट डाटा प्याक
बेलुकी ११ बजेदेखि विहान ६ बजेसम्म चलाउन सकिने नाइट डाटा प्याक १२ रुपैयाँमा ४ सय एमबी खरिद गर्न सकिने छ । अनलिमिटेड नाइट डाटा प्याक अन्तर्गत १ रातको १८ रुपैयाँ र ७ रातको ९० रुपैयाँमा प्याक उपलब्ध गराइएको छ ।
सोसियल मिडिया प्याक
सोसियल मिडिया प्याक अन्तर्गत सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ट्वीटर चलाउन सकिने छ । यस अन्तर्गत १० रुपैयाँमा ७० एमबी डाटा १ दिन, ३५ रुपैयाँमा २ सय ५० एमबी डाटा ३ दिन र ६५ रुपैयाँमा ६ सय एमबी डाटा ७ दिनका लागि उपलब्ध हुनेछ । यी प्याक जुनसुकै समयमा पनि चलाउन सकिने छ ।
युट्युब (स्ट्रिमिङ) डाटा प्याक
युट्युब चलाउन १ दिन, ३ दिन र ७ दिन समयावधिका लागि प्याक लिन सकिन्छ । यी प्याक क्रमशः १५ रुपैयाँ, ३० रुपैयाँ र ६० रुपैयाँमा खरिद गर्न सकिन्छ । यसका लागि डाटा भोल्युम क्रमशः ३ सय, ६ सय ५० र १ हजार ४ सय एमबी प्राप्त हुन्छ ।
डे टाइम भ्वाइस प्याक
डे टाइम भ्वाइस प्याक अन्तर्गत अब १५ रुपैयाँमा बिहान ५ देखि बेलुकी ५ बजेसम्म कल गर्न सकिने छ । त्यसैगरी १० रुपैयाँमा १ सय मिनेटको भ्वाइस प्याक प्रयोग गर्न सकिन्छ । यी प्याक २४ घण्टाभित्र उपयोग गर्न सकिने छ ।
पोष्टपेड प्याक
जीएसएम पोष्टपेडका लागि विभिन्न प्रकारको प्याक उपलब्ध भइरहेकोमा अब ३ सय रुपैयाँको नयाँ प्याक समेत थप गरिएको छ । यस अन्तर्गत ६ सय २० मिनेट भ्वाइस वा ३ हजार एमबी डाटा लिन सकिन्छ । सो प्याक ३० दिनभित्र प्रयोग गर्न सकिन्छ ।
बिग डाटा प्याक
नयाँ प्याकका रुपमा कम्पनीले बिग डाटा प्याक समेत उपलब्ध गराएको छ । यस अन्तर्गत १ हजार ६ सय रुपैयाँमा ९० दिनका लागि ३० जीबी र ३ हजार रुपैयाँमा १ सय ८० दिनका लागि ६० जीबी डाटा खरिद गर्न सकिन्छ ।






प्रतिकृया