भक्तपुर औद्योगिक क्षेत्रमा आगलागी नियन्त्रणको नमूना अभ्यास गरियो
प्रकाशित मिति
२०७६ माघ २५ गते, शनिबार १०:५३
भक्तपुर। भक्तपुर ब्यासीमा आगलागी नियन्त्रणको अभ्यास गरिएको छ । माघ २४ गते औद्योगिक क्षेत्र ब्यासीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गुल्म हेड क्वाटर (औद्योगिक सुरक्षा)ले आगो निभाउने तथा उद्दार अभ्यासको आयोजना गरेको थियो ।
उक्त कार्यक्रममा खाना पकाउने ग्यास सिलिन्डरमा बलेको आगो, अन्य स्थानमा लागेको आगो कसरी आफू सुरक्षित भएर नियन्त्रणमा लिने भन्ने अभ्यास गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक पंकज पौडेलले जानकारी दिनुभयो ।
घरमा आगलागी हुँदा नियन्त्रणमा लिने, घाइतेको प्राथमिक उपचार गर्ने, अस्पताललाने जस्ता नमुना अभ्यास गरिएको थियो । सो अवसरमा सशस्त्र प्रहरीको कार्यालय रहेको भवनको माथिल्लो तलामा आगो बालेर कसरी नियन्त्रणमा लिने र घाइतेको उद्दार गर्ने भन्ने अभ्यास पनि भएको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी बल औद्योगिक सुरक्षा ब्यासी, जुद्द बारुण यन्त्र भक्तपुर, एभरेष्ट स्कुल, स्थानीय बासिन्दालगायतको सहभागी रहेको थियो ।










प्रतिकृया