• २० भदौ २०८३, शनिबार
  • ११ः३५ राती

कोरोना भाइरसबाट मर्नेको संख्या पाँच सय पुग्यो, विमानस्थल र नाकाहरुमा कडाई

प्रकाशित मिति

२०७६ माघ २२ गते, बुधबार ११:५४

काठमाडौं, विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइसको संक्रमणले मृत्यु हुनेको संख्या पाँच सय पुगेको छ । भाइरसका कारण दुईजनाबाहेक सबैको चीनमा मृत्यु भएको हो । विश्वभर करिब २५ हजार जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । चीनको वुहान क्षेत्रबाट फैलिएको रोगका कारण विश्वभर त्रास उत्पन्न भएको छ ।

National Life

अमेरिका र अष्ट्रेलियाले चीनबाट आउने यात्रीलाई केही समयका लागि यात्रा प्रतिबन्ध गरेका छन् । नेपालमा पनि कोरोना भाइरसका संक्रमित देखिएका छन् । सरकारले रोग फैलन नदिनका लागि संक्रमितलाई निगरानीमा राखेर उपचार गरिरहेको छ भने विमानस्थल र नाकाहरुमा कडाई गरेको छ । हाल सम्म २५ राष्ट्रमा भाइरसको संक्रमण देखिएको छ ।

प्रतिकृया