• १६ असोज २०८३, शुक्रबार
  • ७ः२७ बेलुका

जेठमा राप्रपाको महाधिवेशन हुने

प्रकाशित मिति

२०७६ माघ २० गते, सोमबार ०४:१५

काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी जेठ २५ गते महाधिवेशन गर्ने निर्णय गरेको छ । राप्रपाको केन्द्रीय समिति बैठकले पार्टीको महाधिवेशन जेठ २५ गते काठमाडौंमा गर्ने भएको हो ।

National Life

राप्रपाले महाधिवेशन प्रतिनिधि छनोट गर्ने यसअघिको व्यवस्थामा परिवर्तन गर्दै आगामी महाधिवेशनको संरचनामा परिमार्जन गर्ने निर्णय गरेको छ । जसअनुसार अब महाधिवेशनका सम्पूर्ण प्रतिनिधि सम्बन्धित प्रदेश निर्वाचन क्षेत्रभित्र रहेका सक्रिय सदस्यबाट प्रत्यक्ष रूपमा निर्वाचित भएर आउनुपर्नेछ ।

प्रतिकृया