• ८ असोज २०८३, बिहीबार
  • ११ः३८ बिहान

लुकाकु नायक बने इन्टरको जितमा

प्रकाशित मिति

२०७६ माघ २० गते, सोमबार ०१:३१

एजेन्सी। रोमीयो लुकाकु चम्किएपछि इन्टर मिलानले इटालियन सिरी ‘ए’ फुटबलमा उडिनेसमाथि सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा इन्टरले उडिनेसलाई उसैको मैदानमा २–० गोलले हरायो । जितसँगै दोस्रो स्थानमा रहेको इन्टरले २२ खेलबाट ५१ अङ्क बनाएको छ । शीर्ष स्थानमा रहेको युभेन्ट्सको ५४ अङ्क छ । २४ अङ्क बनाएको उडिनेस १५औँ स्थानमा छ ।

National Life

इन्टरको जितमा लुकाकु नायक बने । दुवै गोल लुकाकुले गरेका थिए । पहिलो हाफ गोल रहति बराबरीमा सकिएको खेलमा लुकाकुले ६४औँ मिनेटमा गोलको खाता खोले । उनले निकोलो बरेलाको पासमा गोल गरेका थिए । लुकाकुले ७०औं मिनेटमा पेनाल्टीमा दोस्रो गोल गरेका थिए । एलेक्सिस सान्चेजलाई उडिनेसका जुवान मुसोले फल हानेपछि पाएको पेनाल्टीलाई लुकाकुल सदुपयोग गरेका थिए । त्यसपछि थप गोल नहुँदा इन्टर सजिलै विजयी भयो ।

प्रतिकृया