• १७ असोज २०८३, शनिबार
  • ७ः३१ बेलुका

सुनसरीमा बस दुर्घटना हुदाँ तीनजनाको घटनास्थलमै मृत्यु, ८ जना घाइते

प्रकाशित मिति

२०७६ माघ १९ गते, आईतवार ११:१२

सुनसरी। पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको इनरुवास्थित पितृवना सडकखण्डमा बस र माइक्रोबस जुध्दा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । पोखराबाट काकडभिट्टातर्फ गइरहेको ना।६ ख ७९५ को जगदम्बा बस र चन्द्रगढी झापाबाट कामठमाडौँतर्फ गइरहेको बा।५ ख ३१५७ नम्बरको माइक्रोबस पूर्वपश्चिम राजमार्गमा आइतबार बिहान ७ः३० बजे ठोक्किएको हो ।

National Life

जिल्ला प्रहरी कार्यालय सुनसरीमा विनोद शर्माका अनुसार दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनालाई धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र ५ जनालाई इटहरीस्थित अस्पतालमा पठाइएको डीएसपी शर्माले बताए । दुर्घटनामा मृत्यु भएका तीनैजनाको सनाखत भएको छैन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया