नेविसंघका दुई पक्षबीच कुटाकुटः तीन विद्यार्थी घाइते
प्रकाशित मिति
२०७६ माघ १३ गते, सोमबार ०४:१३
काठमाडौं, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका नेताहरुबीच कुटकुट भएको छ । पार्टीको संस्थापन पक्षले विधान विपरित नेविसंघको नेतृत्व चयन गर्न लागेको भन्दै विरोध प्रदर्शन उनीहरुबीच आपसमा कुटाकुट भएको हो ।
कुटपिटमा नेविसंघ ३ विद्यार्थी घाइते भएका छन् । घाइते हुनेमा सरोज थापा, कमल पन्त र लक्ष्मी बोगटी रहेको र उनीहरुको स्टार अपतालमा उपचार भइरहेको छ । मनोज बैध नेतृत्वको विद्यार्थी समूहले आक्रमण गरेको बताइएतापनि उमेरहदको विषयलाई लिएर आपशी छगडा भएको विद्यार्थी नेताहरु स्वयं बताएका छन् ।
यता नेविसंघको विधानमा केन्द्रीय पदाधिकारी ३२ वर्ष भन्दा माथिको व्यक्ति हुन नहुने भन्दै विरोध गरिरहेको बेला आफुहरुमाथि आक्रमण भएको कुन्दनराज काफ्ले समूहले बताएको छ । पार्टीले ५० वर्षीय राजीव ढुङ्गानालाई नेतृत्वले संघको नेतृत्व दिन लागेकोसानेपास्थित पार्टी कार्यालयमा प्रदर्शन गरेका छन् । केन्द्रीय कार्यसमिति बैठक भैरहेको छ भने बाहिर विद्यार्थीहरुले नारा जुलुस गरिरहेका छन् ।






प्रतिकृया