फाल्गुन ९ गते प्रदर्शनमा आउदैँ ‘सेन्टी भाइरस’
प्रकाशित मिति
२०७६ माघ ११ गते, शनिबार १०:२९
फिल्म ‘सेन्टी भाइरस’ को ट्रेलर सार्वजनिक हुने भएको छ ।
फिल्मकी मुख्य नायिका कुन्जना घिमिरेले आफ्नो फेसबुक मार्फत फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्मको ट्रेलर छिट्टै सार्वजनिक हुन आँटेको जानकारी दिएकी छिन् ।
सार्वजनिक गरिएको पोस्टरमा फिल्म को ट्रेलर आउन ५ दिन बाँकी रहेको प्रस्ट देखिन्छ ।
पहिलोपटक फिल्ममा होमिएका सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लाई हेर्नका लागि दर्शकहरू आतुर छन् ।रामबाबु गुरुङको निर्देशित सामाजिक व्यंग्यमा आधारित रहेको छ ।
फिल्ममा दयाहाङ राई, राजाराम पौडेल, विल्सनविक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाल लगायतका कलाकारको पनि अभिनय छ ।
कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको फिल्ममा राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत रहेको छ । शैलेन्द्र डि। कार्कीको छायांकन रहेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गर्दैछन् ।
सुबिहानी फिल्मस् प्रा।लि।को ब्यानरमा निर्माण भएको फिल्ममा डिन्डु लामा ह्योल्मो र डिन्डुका भाई फुर्पाको लगानी रहेको छ ।
२ करोड लगानीमा तयार हुन आँटेको फिल्म ‘सेन्टी भाइरस’को मुनाफाको १५ प्रतिशत रंगशाला निर्माण र ५ प्रतिशत चलचित्र कलाकार संघको भवन निर्माणका लागि हस्तान्तरण गरिने भएको छ ।
फिल्म यही फाल्गुन ९ गते प्रदर्शनमा आउने भएको छ ।






प्रतिकृया