• ६ असोज २०८३, मंगलबार
  • ८ः४८ बिहान

उचित वातावरण व्यवस्थापन गर्न ‘औद्योगीक ग्राम’ निर्माण प्रकृया शुरु : सांसद बस्नेत

प्रकाशित मिति

२०७६ माघ ११ गते, शनिबार १०:१९

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाले औद्योगिक ग्राम निर्माणका लागि तयारी शुरु गरेको छ ।

National Life

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको पहलमा औद्योगीक ग्राम निर्माणको प्रकृया अघि बढेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हिमाल र दुर्गम पहाडी क्षेत्रमा ३० रोपनी, पहाडी क्षेत्रमा ४० रोपनी र तराई क्षेत्रमा ७ विगाहा न्यूनतम क्षेत्रफलमा, पहिलो चरण ३२ औद्योगीक ग्राम निर्माणका लागि बजेट उपलब्ध गराउने निर्णय भए अनुसार सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डूको सारी खोल्चामा रहेको ५१ रोपनी प्रति जग्गा कि.नं ३२४ र ३७१ मा औद्योगीक ग्राम निर्माणका लागि स्थलगत अध्ययन तथा सम्भाव्यता अध्ययन गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

पहिलो पटक आफु उद्योगमन्त्री भएको समयमा विभिन्न औद्योगीक ग्रामको विकास र विस्तार गर्ने नीतिगत योजना निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका सांसद बस्नेतको उक्त कार्यलाई निरन्तरता स्वरुप हाल सरकारले आफ्नो नीति तथा कार्यक्रममा समेत समावेश गरेको छ । त्यस्तै सांसदले बनाउनुभएको योजना अनुसार नै वर्तमान सरकारले एक स्थानीय तह एक औद्योगीक ग्राम त्यस्तै एक प्रदेश एक ठूलो औद्योगीक ग्रामको योजना अघि सारी कार्यान्वयनको प्रकृयामा रहेको छ ।

नगरमा साना तथा घरेलु उद्योग स्थापनाका लागि उचित वातावरण व्यवस्थापन गर्न निर्माण प्रकृया शुरु गरिएको सांसद बस्नेतले बताउनुभयो । उद्योग ग्रामभित्र कृषि तथा वनजन्य, ऊर्जामूलक र सेवामूलक लगायत अन्य कुराका लागी सहज तथा उपयुक्त हुने स्थानीयको बिश्वास रहेको छ ।

पहिलो चरणमा गुण्डूको सारी खोल्चालाई औद्योगिक ग्रामका रुपमा विकास गरेपछि आगामी वर्षहरुमा बाँकी रहेका अन्य स्थानहरुमा पनि सञ्चालनको तयारी गर्नेे लक्ष्य रहेको सांसद बस्नेतको भनाई थियो ।

सांसद बस्नेतको नेतृत्वमा मन्त्रालयका उप(सचिवहरु पार्वती शर्मा, शान्ता नेपाल, मधु पौडेल र अधिकृत चम्पा दाहाल सहितको टिमद्वारा जग्गाको स्थलगत सम्भाव्यता अध्ययन कार्यको गरिएको थियो ।

प्रतिकृया