• ५ असोज २०८३, सोमबार
  • ५ः०६ बिहान

जागिर लगाइदिने देखि साबधान , सिलिगुढी पुर्याएर ठगिन्छन् नेपाली सर्वसाधारण

प्रकाशित मिति

२०७६ माघ ११ गते, शनिबार ०९:३५

काठमाडौं । ओरियन्स नेटवर्किंङ कम्पनीका एजेन्टहरुले नेपाली युवाहरुलाई गैरसरकारी संस्थामा जागिर लगाइदिने भन्दै तालिमका नाममा अनाधिकृत रुपमा ठूलो संख्यामा भारततर्फ लैजाने गरेको पाइएको छ।

National Life

ओरियन्स ग्लोबल मार्के्टिङ लिमिटेड नामक नेटवर्किंङ कम्पनीका एजेन्टले ति नेपालीहरुबाट निकै ठुलो मात्रामा पैसा असुलिरहेको छ ।

नेपालीहरुलाई पूर्वी नाका काँकडभिट्टा हुँदै भारतको सिलगुढी लगायत अन्य शहरहरुमा ओरियन्स नेटवर्किंङका सेल्टरहरुमा लगेर राख्ने गरेको छ। उक्त कम्पनीले अहिले सम्म १० हजार भन्दा बढी नेपाली नागरिकलाई नेटवर्किंङको ‘सक्रिय सदस्य’ बनाएको तथ्यांक छ। ति सक्रिय सदस्य मार्फत नेपालमा एक लाखको संख्यामा सदस्यता पुर्याएको छ। उक्त कम्पनीको सदस्यता बापत नेपालबाट अबैध ढंगले अर्बौ धनरासी बाहिरिरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

 लुटिंदैछन् नेपाली

नेपालमा रहेका नेटवर्किंङ एजेन्टहरुले सामाजिक सञ्जाल फेसबुक तथा अन्य सञ्जाल मार्फत सम्भावित व्यक्तिहरुको खोजि गरी सम्पर्करसम्बन्ध स्थापित गर्ने गरेका छन्। एजेन्टको सम्पर्कमा आएका इच्छुकहरुलाई एनजिओमा जागिर लगाई दिने, ब्यापार मार्फत रातारात धनी हुने सपना देखाएर प्रलोभनमा पारी भारत पुर्याउने गरेको पाइएको छ।

ओरियन्स नेटवर्किंङबाट ठगिएका एक का अनुसार आफ्नै चिनजान र समाजमा भएका अन्य एजेन्ट मार्फत एनजीओमा जागिर लगाइदिने भनेर हामीलाई लोभ देखाएर तालिम गर्नु पर्ने भनेर हामीलाई पानीट्यांकी हुँदै सिलिगुडीको माडवारी भवन सँगै रहेको एउटा भावनामा लगेर राखेको बताए ।

उक्त कम्पनीले नेपालमा लामो राजनीतिक संक्रमणले निरास भएका बेरोजगारीले आक्रान्त युवा, युवतीहरुलाई रातारात धनी बन्ने सपना देखाउदै उनीहरुबाट अर्बौ रुपैयाँ लुटिरहेको तथ्य आएको छ । नेपालमा एजेन्टहरु मार्फत बेरोजगार युवा युवतिहरुलाई एनजिओमा जागिर लगाईदिने, नेटवर्किंङ व्यवसायबाट छोटो समयमै सम्पन्न जिन्दगी जिउने प्रलोभनमा पारिन्छ।

त्यसका लागि उत्प्रेरणा जगाएर भारत जानका लागि हुटहुटी जगाएर भारतको दार्जि्लिङमा तालिम गर्नुपर्ने नाममा पश्चिम बंगालको सिलगुडीमा राखिन्छ। सिलागुडीमा मात्रै १० भन्दा बढि स्थानमा त्यस्ता तालिम केन्द्र र छात्रावास खडा गरिएको छ।

सिलगुडीमा नेटवर्किंग एजेन्टहरुले उक्त कम्पनीमा लागेका मान्छे रातारात धनी बनेको देखाएर मनोबैज्ञानिक रुपमा रातारात धनी बन्ने उत्प्रेरणा जगाउने गरेको उक्त तालिमका एक सहभागी बताउँछन। उनका अनुसार भारतमा ३ दिने तालिम बापत पनि एजेन्टले १५०० भारतीय रुपैयाँ शुल्क पनि असूल्ने गरेका छन्। भारतको पश्चिम बंगाल स्थित सिलगुडी तालिम केन्द्रमा नेपालबाट मात्रै दैनिक २०० जना भन्दा बढी संख्यामा नेपालीहरु सहभागी भैरहेका छन्।

उक्त कम्पनीमा नयाँ सदस्यता लिएकाहरुलाई सदस्यता रकमको औसधिका नाममा फुड सप्लिमेन्ट लिनै पर्ने बाध्यता रहेको एक भुक्तभोगी बताउँछन्। उनका अनुसार तालिम लिएर पैसा तिरिसकेपछी त्यो कम्पनीको एउटा बिषेस आइडी र पासवर्ड दिईन्छ जसबाट नेटवर्क कम्पनीको वेबसाइटमा लगइन गरिन्छ। त्यहिबाट नयाँ सदस्य उक्त नेटवर्किंग ब्यबसायमा प्रवेस गर्छ। उसले त्यहिँबाट त्यस कम्पनीको सामान खरिद गर्ने वा नयाँ सदस्य थप्ने काम गर्नुपर्छ।

त्यसैगरी, नयाँ आएका सदस्यलाई ‘सिनियरहरुले’ निरन्तर रुपमा ‘फलोअप’ गर्ने, नेटवर्किङमा लाग्न, नयाँ ग्राहक खोज्न मनोबैज्ञानिक रुपमा उत्प्रेरित गर्ने एवं बिभिन्न किसिमका तालिम दिएर नेटवर्किंगलाइ फैलाउन सहयोग गर्ने गर्दछन। यो क्रम बिभिन्न आवरणमा नेपालमा फैलिएको छ। भारतीय नेटवर्किंगको जालो नेपालको घर-घर सम्म पुगिरहेको बताईन्छ। नेटवर्क बनाउने गिरोहले उक्त जालो ‘दिन दुइ गुणा रात चार गुणा’ फैलाई रहेको श्रोतको दावी छ।

श्रोत भन्छ, ‘यसका लागि नेपालमा उक्त कम्पनीको अबैध जालो फैलाउने काममा पछिल्लो समयमा झापाका सुमित गौतमको मुख्य भूमिका छ।’

उक्त नेटवर्किङलाई अबैध बाटोबाट नेपालमा फैलाउनेमा बिगतमा नेपालमा युनिटी नेटवर्किङसँग आबद्द रहेका एजेन्टहरु पिताम्बर कठायत(इलाम), बीनु श्रेष्ठ (धरान) मुख्य रहेको तथ्य गुन्द्रुक खबरले फेला पारेको छ।

बिनु श्रेष्ठ बिगतदेखि नै ‘युनिटी’ लगायत अन्य भारतीय नेटवर्किङ कम्पनीमा समेत आबद्द रहेको पाइएको छ। त्यसैगरी, झापाबाट सुमित गौतम र रमा आचार्य, गिरिराज आचार्य, रश्मी बराइली, हेमन्त मोक्तान, रोहित श्रेष्ठ, रसिक खड्का यसका नाइके रहेका छन्।

त्यसैगरी, सुनसरी इटहरी-तरहराका शम्भु घिमिरे र धरानकी बिनु श्रेष्ठका श्रीमान ऋषि लगायत ठेगाना खुल्न नसकेका जितेन शाहले नेपालमा पूर्व मेची देखि पश्चिम महाकाली सम्म नै अबैध नेटवर्किंङको जालो फैलाईरहेका छन्। उनीहरुले एकलाख भन्दा बढी नेपालीहरुमा यो सञ्जाल बिस्तार गरिसकेको श्रोत बताउँछ। ति नेपालीहरुबाट उनीहरुले अर्बौ रुपैयाँ अबैध ढंगले नेपाल बाहिर पुर्याएका छन्।

ओरियन्सको ‘फुड सप्लिमेन्ट’लाई नेपाल भित्र्याउन पछिल्लो समयमा काकड़भिट्टा भन्सार प्रसासनले कडाई गरेपछि उक्त नेटवर्किङ गिरोहका नाइके गौतमले नेपाल तर्फ भन्सारमा अवरोध नहुने तारतम्य मिलाएर करिब ५० लाखको बरावरको ‘सप्लिमेन्ट’ नेपाल भित्र्याउने तयारीमा रहेको श्रोतको दावी गरेको छ।
ओरियन्सको नाममा नेपाल खाद्य संस्थानबाट ‘फुड सप्लिमेन्टका लागि दिईएको अनुमति’ लाई आधार बनाएर गौतमको समुहले नेपालमा उक्त कम्पनीको नेटवर्किङ जालो विस्तार गरिरहेको छ।

उक्त गिरोहले नेटवर्कको जालो झापाको काँकडभित्ता, विर्तामोड, दमक, सुनसरीको धरान, इठहरी-तरहरा, मोरङको पथरी, उर्लाबारी लगायतका स्थानलाई आधारक्षेत्रको रुपमा बिस्तार गरिरहेको छ। पछिल्लो समय पश्चिम नेपालका सुर्खेत, कालिकोटका साथै जुम्लाका लगायतका दुर्गम क्षेत्रहरुमा पनि नेटवर्किङको व्यवसाय ‘भुषको आगो’ झैँ बिस्तार भैरहको छ।

नेपाल सरकारले केहि वर्ष अघि नेटवर्किङ व्यावसाय बन्द गरेपनि समाजका शिक्षित भनिएका मध्यम र निम्न माध्यम वर्गीय व्यक्तिहरु छिट्टै धनी हुने लाससामा झनै धेरै संख्यामा नेटवर्किङको जालोमा फस्दै गईरहेको पाइएको छ।

यसको जालो दिन दुइगुणा रात चौगुणाको गरिमा बिस्तार भैरहेको छ। जसको मारमा हजारौं नेपाली नागरिक परिरहेका छन्।

अबैध ढंगले नेपालीहरुलाई लुटिरहेको नेटवर्किङ कम्पनीका एजेन्टहरुले नेपालमा रहेका इन्सुरेन्स कम्पनीका एजेन्टहरु र अन्य व्यवसायका एजेन्टहरुलाई अत्याधिक प्रयोग गर्दै आएका छन्। उनीहरु मार्फत विभिन्न प्याकेजहरु लिएर ओरियन्स नामक कम्पनीको सामाग्री खरिद गर्न र आफुले नयाँ सदस्य थप गर्न प्रेरित गर्ने र दवाब दिने गरिछ।

उक्त समुहको जालोमा यतिबेला समाजमा शिक्षित भनिएका पत्रकार, नेपाल सरकारका कर्मचारी, नेपाली सेनाका अधिकृत, नेपाल प्रहरीका कर्मचारी र विद्यालयका शिक्षकहरु समेत छन्।

गौतमको समुहले नेपालको ‘प्रतिनिधि सभाबाट नेटवर्किङ सम्बन्धी कानून छिटै बन्ने’ बताउँदै भ्रम छर्ने गरेको पाइएको छ। यसका लागि कानूनी मान्यता दिलाउन ओरियन्सका माथिल्लो तहबाटै लविंग भैरहेको प्रचार समेत सो समुहले गर्ने गरेको छ। श्रोत भन्छ, ‘नेपालमा नेटवर्किङ सम्बन्धी कानून ३-४ महिना भित्रमा बन्ने आश्वासन दिएर एजेन्टहरुले नयाँ सदस्यहरुलाई आफ्नो धन्दामा फसाईरहेका छन्।’

‘ओरियन्स ग्लोबल मार्के्टिङ लिमिटेड’ नामक उक्त कम्पनीले मात्रै नेपालमा १० हजार भन्दा बढी नेपाली नागरिकलाई नेटवर्किङको ‘सक्रिय सदस्य’ बनाएको पाईएको छ। उक्त कम्पनीले विभिन्न ‘स्किम’हरुको प्रलोभन देखाएर सदस्यताको लागि कम्तिमा ३० हजार देखि ५ लाख रुपैंया सम्म लिएर नयाँ सदस्य बनाउँने गरेको छ।

तालिमका नाममा उनीहरुलाई उत्प्रेरणा जगाएर रातारात धनी हुने सपना देखाइन्छ। आफ्नै घर गाडी, बैक ब्यालेन्स भने जति हुने भन्दै आरामको जिन्दगि जिउन सकिने सपना देखाउने गरेको एक पिडित बताउँछन्। उनी भन्छन्, ‘नेटवर्किङमा लाग्दा ‘६डी’ देखि महिनाको डेढलाख भारतीय रुपैया आम्दानि हुने प्रलोभन देखाएर फसाउछन्।’

उक्त कम्पनिले नयाँ बर्ष २०२० कालागि समेत ‘नयाँ स्किम’ सार्वजनिक गरेको छ। पश्चिम बंगालमा रहेको तालिम केन्द्रमा भएको तलिममा सहभागीहरुका अनुसार, सहभागीहरुले २०१९ नोभेम्बर २२ देखि २०२० फेब्रुवरी २० सम्म कम्तिमा २१ जना नयाँ सदस्य अर्थात (यस स्किम लिन प्रति व्यक्ति एक लाख बुझाउनु पर्छ) वाला (२१ लाख बरावरको ब्यापार) थपेमा ‘युरोप टुर प्याकेज’ दिने प्रलोभन दिईएको छ। श्रोत भन्छ, ‘युरोप टुरको लोभमा नयाँ पुराना सबै एजेन्टहरुले नयाँ नयाँ सदस्यहरु थपिरहेका छन्। धेरै मान्छे लोभले गर्दा फसिरहेका छन्।’

‘ओरियन्स ग्लोबल मार्के्टिङ लिमिटेडले’ अहिले सम्म १० हजार भन्दा बढी नेपाली नागरिकलाई नेटवर्किंङको ‘सक्रिय सदस्य’ बनाएको छ। १० हजार ‘सक्रिय सदस्य’ ले एकलाख भन्दा बढी नेपाली नागरिकलाई उक्त नेटवर्कको जालोमा प्रवेस गराइसकेको स्रोत बताउँछ।
यस नेटवर्कमा प्रबेस गर्नका लागि कम्तिमा ३० हजार नेपाली रुपैंया देखि पाँच लाख रुपैयाँसम्म सदस्यता शुल्क बुझाउनु पर्छ। जसका लागि ४ ओटा ‘स्किम’ हरु रहेका छन्।

जसमा 1d 30,000, 2d 60,000 र3d  100000 रुपैयाँ बुझाउनु पर्छ। जस मध्ये करिब नब्बे प्रतिसत नेपाली नागरिकले घम् अर्थात एक लाख रुपैंयाको को सदस्यता लिएको पाइएको छ। यस नौ हजार जनाको १ लाखका आधारमा ओरियन्स ग्लोबल मार्के्टिङ लिमिटेड’ नामक नेटवर्किंङ कम्पनीले मात्रै एक अरब भन्दा बढी धनरासी गइसकेको छ। अर्थात नेपालले नेपालले अर्बौ रुपैंया गुमाईसकेको छ।

यो ‘धन्धा’ यतिमा मात्र सिमित छैन। यसका एजेन्टले नेटवर्किङको जालोलाई नागरिकता बनाउने र बेच्ने काममा समेत प्रयोग गरिरहेको श्रोतको दावी छ। श्रोत भन्छ, ‘स्किम अन्तर्गत रहेको कार खरिद गर्न एक लाख पचास हजार भारु दिने आस्वासन बाढीएको हुन्छ।

तर, भारतमा नेपाली नागरिकले स्किमको उक्त कार सोझै खरिद गर्न नपाउने नियम भएकोले सो स्किम लिनकै नेपालीहरुले भारतीय आधार कार्ड लिने गरेको पाइएको छ। यसका लागि लागि ५ हजार रुपैंयामा भारतीय आधार कार्ड खरिद गर्नेको संख्या निकै बढेको छ।

पूर्वी नेपालका धेरै नेपाली ठगिदै

यसैगरी ओरियन्स नेटवर्किङ कम्पनीका एजेण्टहरु पूर्वी नेपालका धेरै नेपाली युवायुवतीलाई प्रलोभन देखाउँदै ठग्दै आएका छन् । इटहरी आसपासमा समेत २ सय भन्दा बढी युवायुवती भारततर्फ लैजाने गरेको पाइएको छ ।औषधि बेच्ने बहानामा निकै ठुलो मात्रामा पैसा असुलिरहेका भएपनि सम्बन्धित निकाय मौन छ ।
इटहरी, तरहरा घर भएका एक युवाले आफु नराम्रोसँग ठगिएको बताए । उनले साथीको करकापमा यो व्यवसाय सुरु गरेको बताउँछन् । उनले सुनसरीका विभिन्न स्थानमा लुकिछिपी अवैध धन्दा विस्तार भइरहेको बताए ।

व्यापारबाट रातारात धनी हुने सपना देखाएर प्रलोभनमा पारी उनीहरुलाई भारत र्पुयाउने गरिएको छ । कतिले जागिर लगाइदिने बहानमा भारतको सिलिगुढी र्पुयाएर तालिम दिने र नेपालमा सदस्य बढाउन लगाउने गरेका छन् ।

इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर मानबहादुर श्रेष्ठले ओरियन्सको धन्दाका विषयमा प्रहरी चनाखो भएको बताएका छन् ।
श्रोतका अनुसार भारतीय आधारकार्ड लिने नेपाली नागरिकको संख्या करिब २०० को हाराहारीमा पुगेको छ। नेपालमा ओरियन्स नेटवर्किङ जस्ता २६ वटा नेटवर्किङ कम्पनीहरु अबैध रुपमा सक्रिय रहेको पाइएको छ।

प्रतिकृया