• ४ असोज २०८३, आइतबार
  • ९ः४५ राती

रेलको प्रगति कछुवाको गतिमा

प्रकाशित मिति

२०७६ माघ ११ गते, शनिबार ०८:५८

नेपाललाई रेलमार्गबाट छिमेकी मुलुक चीन र भारतसँग जोड्ने नारासहित निर्वाचनमा गएको तत्कालिन नेकपा एमाले र नेकपा माओवादीले चुनाब जितेपनि अहिले रेलको काम भने सुस्त गतिमा छ ।

National Life

रक्सौल काठमाडैं रेलमार्गको प्रारम्भीक इन्जिनियरिङ तथा ट्राफिक सर्भेको काम सकिएको छ ।

डिपिआर तयार भएको छैन् । काठमाडौंंको मेट्रो रेलबुढानिलकण्ठ सातदोबाटो गोदावरी रुटको प्रारम्भीक अध्ययन हुँदै छ ।

Classic Tech Mobile
Classic Tech Desktop

नागढुंगा धुलिखेलको परामर्शदाता नै छनोट भएको छैन् । केरुङ काठमाण्डौं रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन सकेर विस्तृत सम्भाव्यता अध्ययनका लागि चीनसँग काम बाँडफाँड भएको छ ।

पूर्व पश्चिम विद्युतिय रेलमार्गको काँकडभिट्टादेखि गड्डाचौकीसम्मको सात खण्डमध्ये ६ खण्डको डिपिआर सम्पन्न भएको छ ।

नेपालमा पनि कोरोना भइरसको संक्रमण भेटिएको खबर आज राजधानीबाट प्रकाशन हुने पत्रिकाहरुले महत्वका साथ छापेका छन् ।

चीनबाट नेपाल आएका एक युवामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो । एकसाता अघि नेपाल आएका ३५ वर्षीय युवक तीन दिनको उपचार पछि घर फर्किएका छन् ।

तिब्बतबाट नेपाल बग्ने नदीलाई चीनले अवरोध नगर्ने शिर्षकमा नागरिक दैनिकमा मुख्य समाचार छ ।

तिब्बत हुँदै नेपाल बग्ने नदीको बहावमा अवरोध नगर्न चीन सहमत भएको हो ।

गत असोजमा चिनियाँ राष्ट्रपति सि जिन पिङको भ्रमणको बेला भएको सीमा व्यवस्थापन प्रणालीसम्बन्धि सम्झौतामा चीन सहमत भएको हो ।

सरकारले सम्झौता हालै संसदमा दर्ता गरेपछि यो विषय सार्वजनिक भएको हो ।

सीमानदी प्राकृतिक कारणले आफ्नो मुल मार्गमा पुनस्र्थापपित गर्न नसकिएमा दुवै पक्षबीच अन्य सम्झौता भएमा बाहेक सीमारेखा परिवर्तन नगर्ने सहमति भएको हो । नयाँ पत्रिका दैनिकमा

महाराजको आवरणमा ठगी शिर्षकमा कान्तिपुर दैनिकले मुख्य खबर छापेको छ ।

आफूलाई बालयोगेश्वर महाराज बताउने विजय भण्डारीले धार्मिक आवरणमा ठगी र जालझेल गरेको कान्तिपुरले समाचार छापेको छ ।

उनले अमेरिका लैजाने भन्दै करिब सय जनाबाट रकम असुली गरेका छन् ।

उनले अहिले चितवनमा उपराष्ट्रपति नन्दबहादुर पुनलाई लगेर धार्मिक कार्यक्रमको उद्घाटन गराएका छन् ।

प्रतिकृया