प्रेस काउन्सील नेपाल : कर्मचारी संघमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन
प्रकाशित मिति
२०७६ माघ ११ गते, शनिबार ०८:३७
काठमाण्डौं । प्रेस काउन्सिल नेपाल कर्मचारी संघमा सुरेन्द्र मल्लको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
संघको शुक्रबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा उपाध्यक्ष सविता ढकाल, महासचिवमा बिष्णु लम्साल,सचिवमा बिपुल पाण्डे,कोषाध्यक्षमा प्रेमचन्द्र बड चयन भएका छन् । त्यस्तै संघको कार्यसमिति सदस्यमा बिनय बजगाई, मनोज मण्डल, गीता कठायत, देवी राना, प्रह्लाद बस्नेत, विशाल पौडेल सर्वसम्मत चयन भएका छन् ।
प्रेस काउन्सीलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठका अनुसार हिजो राती अवेर सम्म भएको छलफल पछि काउन्सील कर्मचारी संघले सर्वसम्मत रुपमा आज नयाँ कार्यसमिति चयन गर्न सफल भएको हो । श्रेष्ठले फेसबुकमा प्रतिकृया दिंदै लेख्नु भएको छ “जमाना निर्विरोधको,त्याग र सदभावको १ राती अबेरसम्म छलफल गरेर भए पनि एघार सदस्यीय सर्वसम्मत नेतृत्व पाएको छ , सुरेन्द्र मल्लले अध्यक्षता गर्नुभएको टिमलाई बधाई ”






प्रतिकृया