• २५ भदौ २०८३, बिहीबार
  • ११ः५८ राती

प्रधानमन्त्री ओली मन्त्रिमण्डल पूनर्गठनको तयारीमा, शिवमायालाई मन्त्री बनाउने !

प्रकाशित मिति

२०७६ माघ ६ गते, सोमबार ०६:१४

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद पूनर्गठनको तयारीमा लागेका छन् । यही माघ ९ गते हुने राष्ट्रियसभाको निर्वाचन पछि प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक पूनर्गठन गर्ने प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएका छन् । यस पटक सरकारमा राजपा नेपालको सत्तारोहण हुने जनाएको छ । पछिल्लो समय यसको लागि नेकपा र राजपा नेपालका प्रभावशाली नेताहरुबीच छलफल भइरहेको छ ।

National Life

साथै प्रतिनिधिसभाको उपसभामुखबाट आज राजीनामा दिएकी डा. शिवमाया तुम्बाहाम्फेलाई मन्त्री बनाउने प्रधानमन्त्री ओलीको चाहना रहेको छ । ओलीले उनलाई उपसभामुखबाट राजीनामा दिनुभन्दा अघि पनि यस्तो प्रस्ताव राखेका थिए । उनले उत्तर आफू मन्त्री बन्न ईच्छुक नभएको जवाफ दिइन् ।

यस पटकको मन्त्रिमण्डल पूनर्गठनमा ओलीले राजपाबाट दुई जना मन्त्रीलाई सरकारमा सहभागी गराउने योजना बनाएको छ। यस्तो भइरहदा अहिले भएका केही मन्त्रीहरुलाई उनले विदाई गर्न सक्ने सम्भावना प्रवल देखिन्छ । डा.तुम्बाहाम्फेलाई राम्रै मन्त्रालयमा दिने ओलीले प्रस्ताव राखेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया