• ६ असोज २०८३, मंगलबार
  • ४ः१५ बेलुका

सज्जु बुढाथोकीलाई डायनामिक स्काउट हिरो अवार्ड

प्रकाशित मिति

२०७६ पुष १३ गते, आईतवार ११:४८

काठमाडौं, डायनामिक स्काउट क्र्यूको तेस्रो वार्षिक उत्सव सम्पन्न भएको छ । नेपाल स्काउटका निवर्तमान प्रमुख आयुक्त रविन दाहालको प्रमुख आतिथ्य, वरिष्ठ साहित्यकार युवराज नयाँघरेको बिशिष्ठ आतिथ्यमा सम्पन्न सो कार्यक्रममा क्र्यूको स्मारिका समेत लोकार्पण गरिएको थियो । त्यसैगरि यस वर्षको डायनामिक हिरो रेञ्जर स्काउट सज्जु बुढाथोकी घोषित भएकि छन् । उनलाई हिरो अवार्ड सहित नगद पुरस्कारले सम्मान गरिएको थियो ।

National Life

क्र्यूका अध्यक्ष श्रीवत्स बस्न्यातको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रमा संवद्ध व्यक्तीहरुलाई विभिन्न विधामा आधारित रहेर विशेष सम्मान समेत गरियो । डायनामिक साहसिक सम्मान, डायनामिक सहयोगी हात सम्मान, डायनामिक युवा उद्यमी सम्मान र डायनामिक नजिकको साथी सम्मानबाट क्रमश पर्वतारोही रोभर स्काउट दोर्ची शेर्पा, डा सुरज कर्माचार्य, स्काउट लिडर हेमन्त भण्डारी र कुमार व्यन्जनकारलाई सम्मान गरिएको क्र्युका रोभर लिडर राजिव खत्रीले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

तिनकुने स्थित भिएस निकेतन कलेजको सभा हलमा आयोजित सो समारोहमा प्रमुख अतिथी दाहालले नेपाल स्काउट बिसम परिस्थितिबाट गुज्रिएको वर्तमान अवस्थामा युवा स्काउटहरु सचेत भएर अघि बढ्नु पर्ने बताउनु भयो । स्काउटको मुल्य र मान्यतामा विचलन आउन नदिन स्काउटिङ सिद्धान्त, नियम प्रतिज्ञालाई आत्मसात गर्न सबैलाई आग्रह गर्नु भयो । उहाँले डायनामिक स्काउट क्र्यूले नेपाल स्काउट कै इतिहासमा यसरी हिरो अवार्ड घोषणा गरेर नयाँ आयाम थपेको भन्दै खुसि व्यक्त गर्नु भयो ।

साहित्यकार युवराज नयाँघरेले नेतृत्व विकासमा स्काउटले खेलेको भूमिका प्रति सरहना प्रकट गर्नु भयो । साथै नेपाल स्काउटको इतिहास र स्काउटसंग जोडिएका व्यक्तीहरुसंग सम्वन्धित खोज मुलक लेख रचना प्रकाशन गरेकोमा अत्यन्त प्रशन्न भएको भन्दै बधाई समेत व्यक्त गर्नु भयो ।

कार्यक्रममा विश्वका सातै महाद्वीपका अग्ला हिमाल आरोहणको तयारीमा रहनु भएका डायनामिक स्काउट क्र्यूका सद्भावना दुत पर्वतारोही प्रकाशराज पाण्डेलाई भिएस निकेतनका तर्फबाट १५ लाख नगद सहयोग गर्ने प्रिन्सिपल संगीता श्रेष्ठले घोषणा गर्नु भएको जानकारी क्र्यूका रोभर लिडर सन्तोषकुमार थापाले बताउनु भयो । कार्यक्रममा नेपाल स्काउटका विभिन्न पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिकृया