• ८ असोज २०८३, बिहीबार
  • ६ः०४ बेलुका

नेपालमा पहिलो पटक थ्रीडी आर्ट रेष्टुरेन्ट संचालनमा

प्रकाशित मिति

२०७६ पुष १२ गते, शनिबार ०१:३७

काठमाडौं, नेपालमा पहिलो पटक थ्रीडी आर्ट रेष्टुरेन्ट संचालन भएको छ । उक्त रेष्टुरेन्ट उद्घाटन सांसद महेश बस्नेत, गायकद्वय रामकृष्ण ढकाल र धिरज राईले गर्नु भएको हो । रेष्टुरेन्टका संचालक सुन्दर विष्टले नयाँ कन्सेप्टमा रेष्टुरेन्ट संचालनमा ल्याएको बताउनुभयो । रेष्टुरेन्टमा कोरिएका नेपालका पर्यटकीय स्थल र धर्म, संस्कृति र मौलिक परम्परागत चित्रकलाले पर्यटकहरुको मन लोभ्याउने विष्टको दाबी गर्नुभयो ।

National Life

ललितपुरको कुमारीपाटीमा स्थापना भएको वान डे थ्री डी आर्ट रेष्टुरेन्ट कलात्मक रूपमा बनाइएको चराचुरुङ्गीका तस्वीरले त्यहाँ बस्ने ग्राहकहरूलाई प्राकृतिक रूपमै नौलो अनुभव गराउने संचालक विष्टले बताउनुभयो । रेष्टुरेन्टमा संस्कृतविद् सत्यमोहन जोशी, विश्व साइकलयात्री पुष्कर शाह, स्वर सम्राट नारायण गोपालजस्ता व्यक्तित्वहरुको तस्वीर समेत राखिएको छ ।

रेष्टुरेन्टमा दुई सय जना अट्ने क्षमता छ । कार्यक्रममा नायिका निता ढुंगाना, चलचित्र निर्देशक अमरदिप सापकोटा, चलचित्र सम्पादक तथा निर्देशक शक्तिप्रज्वल घिमिरे, निर्देशक प्रवीण थापा लगायतको उपस्थिति थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया