• २८ भदौ २०८३, आइतबार
  • १०ः५० राती

मोटरसाइकल चोरी गर्ने ११ जना पक्राउ

प्रकाशित मिति

२०७६ पुष ४ गते, शुक्रबार १२:५२

काठमाडौँ, उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने ११ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रागिरिका रिन्जेन मोक्तान, कीर्तिपुरका मदन तामाङ, नवलपरासीका भरत थापा, चितवनका सोम सुनार र सन्दीप गुरुङ, मकवानपुरका सन्तोष गोले, काभ्रेपलाञ्चोकका इन्द्रबहादुर तामाङ र गणेश लामा, सिन्धुलीका विक्रम भुजेल, बर्दियाका राजु पौडेललगायत छन् ।

National Life

महानगरीय प्रहरी वृत्त कीर्तिपुरले चन्द्रागिरि, नागार्जुन, कीर्तिपुरलगायतका विभिन्न स्थानबाट हराएका नौ वटा मोटरसाइकलसहित ११ जनालाई विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ । चोरी मुद्दा दर्ता गरेर उनीहरुमाथि अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।

प्रतिकृया