• २३ भदौ २०८३, मंगलबार
  • ९ः४४ राती

नेकपाले गर्यो रिक्त सभामुख पदको विषयमा छलफल

प्रकाशित मिति

२०७६ पुष ३ गते, बिहीबार ०८:११

काठमाडौं, सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको जारी स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टीमा गुट झाँगिदै गएकाले अनुशासन कमजोर भएको उल्लेख गर्नु भएको थियो।

National Life

पार्टी बैठकमा यस्तो प्रतिवेदन प्रस्तुत गरिए पनि अध्यक्ष दाहाल आफैंले आफूनिकटका स्थायी कमिटी सदस्यलाई बोलाएर गुटगत छलफल गर्नु भएको हो। स्थायी कमिटी बैठक चल्दै गर्दा मंगलबार दाहालले तत्कालीन माओवादी केन्द्रबाट स्थायी कमिटी सदस्य भएकालाई खुमलटारमा बोलाएर छलफल गर्नु भएको थियो।

छलफलमा बर्षमान पुन, देव गुरुङ, शक्ति बस्नेत, जनार्दन शर्मा, पम्पा भुषाल, अग्नि सापकोटा, देवेन्द्र पौडेल, मातृका यादवलगायतका नेता सहभागि थिए । छलफलमा सहभागी एक नेताले पछिल्लो राजनीतिक अवस्था र जारी स्थायी कमिटी बैठकबारेमा छलफल भएको बताउनु भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

छलफलमा स्थायी कमिटीमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा धारणा राख्दा मिलेर अघि बढ्नुका साथै सबैको सहमतिमै प्रतिवेदन पारित गर्ने विषयमा चर्चा भयो । यस्तै, रिक्त सभामुख पदको विषयमा कसरी अघि बढ्ने भन्ने विषयमा सामान्य छलफल भएको नेकपा स्रोतले जनाएको छ । राजाधानी दैनिक खबर बाट साभार ।

प्रतिकृया