• २२ भदौ २०८३, सोमबार
  • ३ः११ दिउँसो

राष्ट्रिय सभाका सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक

प्रकाशित मिति

२०७६ पुष २ गते, बुधबार ०४:३१

काठमाडौं, राष्ट्रिय सभाका सदस्यहरुका निर्वाचनका लागि आज कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन आयोगले आगामी माघ ९ गते हुने राष्ट्रिय सभाका सदस्यहरुका लागि निर्वाचन ऐन २०७५ को दफा ६ अनुसार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

National Life

१९ जना सांसदहरुको २ वर्षे कार्यकाल सकिन लागेपछि नयाँ सांसदहरुका लागि आगामी माघ ९ गते निर्वाचन हुन लागेको हो । राष्ट्रियसभाका नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका एकजना र सरकारबाट मनोनित एकजना गरी १९ सांसदको दुईवर्षे कार्यकाल फागुन २१ मा सकिँदैछ । माघ ९ गते १८ जनाका लागि निर्वाचन हुनेछ र एकजना सरकारबाट मनोनित हुनेछ ।

७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख तथा ५५० प्रदेशसभा सदस्य राष्ट्रियसभा सदस्य निर्वाचनको मतदाता रहनेछन् । उनीहरुको मतभार भने फरकफरक हुन्छ । स्थानीय तहका पदाधिकारीले दिने मतको भार १८ छ भने प्रदेशसभा सदस्यको ४८ हुनेछ ।

Classic Tech Desktop

कार्यतालिका

प्रतिकृया