• १८ भदौ २०८३, बिहीबार
  • ८ः३० राती

डिजेल र मट्टीतेलको मूल्यमा वृद्धि

प्रकाशित मिति

२०७६ पुष २ गते, बुधबार १२:३९

काठमाडौं, नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्यमा वृद्धि गरेको छ । निगमले मंगलबार राति १२ बजेदेखि लागू गरी डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर एक रुपैयाँको दरले वृद्धि गरेको हो ।

नयाँ मूल्य अनुसार उपत्यकामा डिजेल र मटितेलको खुद्रा बिक्री मूल्य ९८ रुपैयाँमा करोबार भैरहेको छ । भारतीय आयल कर्पोरेशनबाट १६ डिसेम्बर २०१९ मा प्राप्त नयाँ खरिद मूल्यमा केही बढेर आएकाले नेपाल पनि मूल्यवृद्धि गर्नुपरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभएको छ । पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया