प्रधानमन्त्री ओलीको स्वास्थमा तिव्र सुधार
प्रकाशित मिति
२०७६ मंसिर २९ गते, आईतवार ०१:३७
Prime Minister K P OLI addresses the nation at prime minister Residence, baluwatar Kathmandu on Sunday, November 15, 2015
Photo; Keshab Thoker/Nagarik/republica
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा तीव्र सुधार भइरहेको जानकारी गराउनु भएको छ । आइतबार बालुवाटारमा बसेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकमा केहीबेर उपस्थित भएका प्रधानमन्त्री ओलीले स्वास्थ्यमा सुधार भइरहेको बताउनु भएको हो ।
बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओली केहीबेर सचिवालय बैठकमा उपस्थित भई प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यको बारेमा बैठकमा जानकारी गराउदै तीव्र गतिमा स्वास्थ्य सुधार भइराखेको बताउनुभयो ।





प्रतिकृया