• ७ असोज २०८३, बुधबार
  • ८ः५९ बिहान

भक्तपुरमा कलेज बस दुर्घटनाः २२ जना घाइते, २ जनाको अवस्था गम्भिर

प्रकाशित मिति

२०७६ मंसिर २७ गते, शुक्रबार १२:१७

भक्तपुर, काठमाडौको मदन भण्डारी मेमोरियल कलेजबाट भक्तपुरमा बनभोजको लागि आएको बस दुर्घटना भएको छ ।

National Life

शुक्रबार बिहान कलेजबाट भक्तपुरको सुर्यबिनायक नगरपालिका ८ घ्याम्पेडाँडा पिकनिकको लागि जाँदै गरेको रिद्दिसिद्दी यातायातको बा ५ ख ४२८६ नम्बरको बस सडकमै पल्टेको महानगरीय प्रहरी बृत जगातीका डिएसपी चक्रराज जोशीले जानकारी दिनुभएको छ । कलेजको ११ वटा गाडी बनभोजकालागि आएको प्रहरी वृत्त जगातीले जनाएको छ ।

दुर्घटनामा २२ जना घाइते भएका भने घाइतेमध्ये २ जनाको अवस्था गम्भिर र २० जनाको अवस्था सामान्य रहेको छ । घाइते भएका २० जनाको उपचार डाक्टर इवामुवारा अस्पताल सल्लाघारीमा र २ जनाको उपचार भक्तपुर अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया