• २७ भदौ २०८३, शनिबार
  • ९ः०१ राती

१३ औं सागको आज नवौँ दिनः १३ खेलको प्रतिस्पर्धा हुँदै

प्रकाशित मिति

२०७६ मंसिर २३ गते, सोमबार १२:३७

१३ औं साग: भारतको अग्रस्थान कायमै, ४३ स्वर्णसहित नेपाल दोस्रो स्थानमा

काठमाडौँ , १३ औं दक्षिण एशियाली खेलकूद (साग)को आज नवौँ दिन १३ खेलको प्रतिस्पर्धा हुनेछ । आज काठमाडौँ, पोखरा र जनकपुरमा क्रिकेट, फुटबल, कबड्डी, बास्केटबल, बक्सिङ, कुस्ती, जुडो, आर्चरी, स्क्वास, टेनिस, फेन्सिङ, पौडी र टेनिस हुनेछ । सागअन्तर्गत महिला फुटबलको फाइनल खेल आज पोखरा रङ्गशालामा हुनेछ । फाइनलमा नेपाल र भारतबीच खेल हुनेछ । महिला फुटबलको कास्य माल्दिभ्सले जितेको छ । पुरुष फुटबलको फाइनल मङ्गलबार नेपाल र भूटानबीच हुनेछ ।

National Life

१३ औं सागमा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको छ । भारतले पदक तालिकामा पहिलो स्थान लिएको छ भने नेपाल दोस्रो स्थानमा रहेको छ । आइतबारका खेल सकिँदासम्म भारतले १३१ स्वर्ण, ७७ रजत र ४० कास्यसहित कूल २४८ पदक जितेको छ । नेपाल ४५ स्वर्ण, ४४ रजत र ७५ कास्यसहित कूल १६४ पदक जितेको छ । यस्तै श्रीलङ्का ३४ स्वर्ण, ६६ रजत र ९३ कास्यसहित तेस्रो, पाकिस्तान २८ स्वर्ण, ३४ रजत र ४३ कास्यसहित चौथो, बङ्गलादेश आठ स्वर्ण, २८ रजत र ६६ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छैटौँ तथा भूटान नौ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ ।

प्रतिकृया