• २७ भदौ २०८३, शनिबार
  • ११ः१७ राती

वनमन्त्री बस्नेत स्पेन प्रस्थान

प्रकाशित मिति

२०७६ मंसिर २३ गते, सोमबार १२:२३

वनमन्त्री बस्नेत स्पेन प्रस्थान

काठमाडौँ, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत स्पेन प्रस्थान गर्नु भएको छ । स्पेनको म्याड्रिडमा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप २५) मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री बस्नेत त्यसतर्फ प्रस्थान गर्नु भएको हो ।

National Life

स्पेनको म्याड्रिडमा शुरु कोपको विशेष सभालाई मन्त्री बस्नेतले बुधबार सम्बोधन गर्ने कार्यक्रम म्याड्रिड उड्नुअघि मन्त्री बस्नेतले नेपालले यसपटक हिमालयहरूमा हिउँ पग्लने क्रम तीव्र रुपमा बढेकाले विश्वतापमानमा प्रत्यक्ष नकारात्मक प्रभाव पारेकोतर्फ सभाको ध्यानाकर्षण गराउने
बुझिइएको छ ।

सम्मेलनमा नेपालले अधिक कार्बन उत्सर्जन गरिरहेका विकसित मुलुकहरुले नेपालजस्ता जलवायु परिवर्तनमा कम योगदान भएर पनि अतिप्रभावित गरिब तथा तेश्रो मुलुकले क्षतिपूर्तिस्वरुप पाउनुपर्ने ‘ग्रीन क्लाइमेट फण्ड’ (हरित जलवायु कोष) उपलब्ध गराउन लबिङ गर्ने समेत गर्ने बुझिइएको छ । मन्त्री बस्नेत सम्मेलनमा सहभागी भएर यही मंसिर २९ मा स्वदेश फर्कने कार्यक्रम छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया