• ३० भदौ २०८३, मंगलबार
  • ८ः०० बिहान

विद्यालयका बस चालकलाई ट्राफिक सुरक्षा सम्बन्धी सचेतना

प्रकाशित मिति

२०७६ मंसिर २३ गते, सोमबार ११:४१

विद्यालयका बस चालकलाई ट्राफिक सुरक्षा सम्बन्धी सचेतना

भक्तपुर, प्याब्सन, जिल्ला कार्यसमिती भक्तपुरको अनुसन्धान तथा बिकास उप–कमिटीद्वारा बिद्यालयका बस चालक तथा सह–चालकहरुका निमित्त नेपाल प्रहरी तथा ट्राफिक प्रहरीको सहयोगमा ट्राफिक सुरक्षा सम्बन्धी सचेतना कार्यक्रमको आयोजना गरेको थियो । महानगरिय प्रहरी परिसरका प्रमुख प्रहरी उपरिक्षक सबिन प्रधानको मुख्य प्रशिक्षण गर्नु भएको थियो । कार्यक्रममा कार्यक्रममा १४१ जना बिद्यालय बस चालक तथा सह चालकहरुको सहभगिता रहेको थियो ।

National Life

कार्यक्रमका प्रमुख अतिथि प्याब्सन जिल्ला कार्य समिती भक्तपुरका अध्यक्ष चन्द्र अधिकारीले विद्यार्थी बोक्ने गाडीको सम्बेदनशिलतालाई मध्य नजर गरी बस सचांलन गर्नु पर्नेमा जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रमका संयोजक एवम् रिसर्च एन्ड डेव्लोपमेन्ट कमिटीका सुरेन्द्र श्रेष्ठले सवारी दुर्घटनाका अन्तरराष्ट्रिय तथा राष्ट्रिय तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया