• ५ असोज २०८३, सोमबार
  • ६ः३९ बेलुका

साग महिला भलिबल : नेपाल र भारतबीच खेल हुने

प्रकाशित मिति

२०७६ मंसिर १२ गते, बिहीबार ०९:४२

१३ औं सागः आइतबार १५ खेल हुँदै

काठमाडौं, १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा अजा महिला भलिबलमा नेपाल र भारतबीच खेल हुदैछ । समूह चरणको दोस्रो खेलमा नेपालले प्रतियोगिताकै बलियो टिम भारतसँग खेल्न लागेको हो । यी दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित कभर्डहलमा साँझ ५ बजे सुरु हुनेछ ।

National Life

नेपाली टोलीले पहिलो खेलमा बंगलादेशलाई हराएर सेमिफाईनल नजिक पुगेको छ । नेपाली महिला टिमले आज पनि भारतलाई पराजित गरी महिला भलिबलमा स्वर्ण जित्ने लक्ष्य राखेको छ ।

यस्तै आजै साँझ ७ बजे पाकिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुने तालिका रहेको छ । पाकिस्तानको महिला टिम भने यस प्रतियोगितामा सहभागी छैन् । जसका कारण माल्दिभ्सले बुधबार वाक ओभर पाउँदै स्पष्ट तीन अंक जोडेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

यसैगरी आजै पुरुष तर्फको भलिबलमा पनि दुई खेल हुँदैछ । दिउँसो १ बजे पाकिस्तानले माल्दिभ्ससँग तथा ३ बजे भारतले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिकृया