• ४ असोज २०८३, आइतबार
  • ४ः०४ बेलुका

सबै कागजात पूरा गरी ऋण पाउनुभएन भने मलाई इमेल गर्नुस बैंकमाथि एक्शन लिइने छः अर्थमन्त्री खतिवडा

प्रकाशित मिति

२०७६ मंसिर १२ गते, बिहीबार १०:०१

काठमाडौं, अर्थमन्त्री युवराज खतिवडाले सहुलियतपूर्ण कर्जा बैंकले नदिए आफूलाई खबर गर्न आग्रह गर्नु भएको छ । राष्ट्रिय युवा परिषद्ले बुधबार आयोजना गरेको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि–२०७६ को प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड र कृषि विकास बैंकसँगको सम्झौता घोषणासभा तथा पत्रकार सम्मेलनमा उनले सहुलियतपूर्ण कर्जा प्रवाह नगर्ने बैंकमाथि एक्शन लिइने बताउनुभयो ।

National Life

मन्त्री खतिवडाले कर्जाको सुरक्षण सरकारले सुरक्षित गरेको हुनाले ढुक्क भएर लगानी गर्न आग्रह गर्दै उल्लेख गर्नुभयो, “बैंकमा राखिएको पैसा उद्यमशीलता बन्ने नागरिकमाथि लगानी गर्नु पर्दछ , त्यसमा बिना हिचकिचावट तपाईंहरुले कर्जा प्रवाह गर्नुपर्दछ, त्यति गरेर पनि बैंकले दायाँबायाँ गर्नुभयो भने हामीसँग हटलाइनको पनि व्यवस्था हुन्छ”,उहाँले थप्नुभयो, “तपाईले मेरो इमेलमा लेखेर पठाउनु होला, मैले सबै कागजात पूरा गरी ऋण पाएन भनेर खबर गरे हामी बैंकमाथि एक्शन लिन्छौँ ।”

उहाँले कतिपयले ऋण पाएन भनेर पनि इमेल लेखेर पनि पठाएको र त्यसको आफूले ‘फलोअप’समेत गरिरहेको बताउनुभयो । उनले बैंंकले कर्जा प्रवाह नगरे आफ्नो ‘अफिसियल’ इमेलमा पनि लेखेर पठाउनसमेत आग्रह गर्नुभएको छ । मन्त्री खतिवडाले युवा परिचालन वर्षलाई आर्थिक रुपान्तरणसँग जोड्न पनि सहुलियपूर्ण कर्जा प्रवाहमार्फत युवालाई स्वरोजगार बनाउन लागिएको बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

उहाँले अहिले प्रदान गरिने अनुदानलाई पुनरावलोकन गर्दै कृषि उत्पादनको साधनमा मात्र अनुदान दिने तयारी गरिएको बताउनुभयो । उहाँले युवाले अहिले पनि जोखिम उठाउन आँट गर्न नसकेको भन्दै अब युवालाई तालिम, प्रशिक्षण दिएर सिर्जनशीप सिकाएर उद्यमशील बन्न आँट बनाइने समेत उल्लेख गर्नुभयो ।

प्रतिकृया