नेमकिपाले गर्यो अन्तिम चुनावी सभा
प्रकाशित मिति
२०७६ मंसिर ११ गते, बुधबार ०७:२६
आजै नेपाल मजदूर किसान पार्टीले पनि चुनावी सभाको आयोजना गरेको छ । कमलविनायक भत्केको पाटीमा आयोजना भएको नेमकिपाको चुनावी सभामा बोल्दै नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले सरकारको आलोचना गर्दै सिमा सुरक्षामा सरकार कमजोर बनको आरोप लगाउनु भयो ।
उहाँले ठूला दलहरुले लोभ र प्रलोभनमा पारेर मतदातालाई प्रभावित पार्न खोजेको आरोप लगाउदै नेतादेखि उम्मेदवारसम्मले सडक बनाईदिन्छु, जागिर लगाईदिन्छु भनेर आचार संहिता विपरित प्रचार गरेको बताउनुभयो ।
उहाँले जनताले यसपटक निष्पक्ष र देशको रक्षा, सावैभौमिकताको रक्षाको लागि आवाज उठाउने र गरिब मजदूरका लागि आवाज उठाउने नेमकिपाका उम्मेदवार निरज लवजूलाई मतदान गरि विजयी गराउनेमा नेमकिपा विश्वस्त रहेको बताउनुभयो ।
कार्यक्रममा पूर्व सांसद एवं केन्द्रीय सदस्य अनुराधा थामगर, प्रदेश नं. ३ का प्रदेश सदस्यद्धय सुरेन्द्रराज गोसाई, सिर्जना सैजू, उम्मेदवार निरज लवजू, केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका मप्रमुख सुनिल प्रजापति लगायतले जनता भ्रममा पर्न नहुने बताउदै विकास, नीति निर्माण, सफल प्रतिपक्ष एवं देशको रक्षाका लागि नेमकिपालाई मतदान गर्न आव्हान गर्नुभयो ।





प्रतिकृया