• ५ असोज २०८३, सोमबार
  • ८ः०५ राती

नेकपाको अन्तिम चुनावी सभा सम्पन्न

प्रकाशित मिति

२०७६ मंसिर ११ गते, बुधबार ०७:२४

भक्तपुर । आगामी मंसिर १४ गते हुने भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा १ (क) को उपनिर्वाचनको संघारमा दलहरुले अन्तिम चुनावी आमसभा गरेका छन् । आज राती १२ बजेदेखी मौन अवधि शुरु हुने र मौन अवधिमा कुनै चुनावी गतिविधिहरु गर्न नपाईने भएकाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस र नेमकिपाले आज छुट्टाछुट्टै अन्तिम चुनावी आमसभाको आयोजना गरेका हुन् ।

National Life

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अन्तिम चुनावी सभा सम्पन्न गरेको छ । यही १४ गते भक्तपुर क्षेत्र नं. १ (क) मा हुने प्रदेशसभा सदस्य पदको उपनिर्वाचनको प्रचारस्वरुप आज नेकपाले चाँगुनारायणको नारायणटारमा आयोजना गरेको चुनावी सभामा बोल्दै नेकपाका केन्द्रीय सदस्य एवं पूर्वपर्यटन मन्त्री आनन्द पोखरेलले समृद्ध नेपाल, सुखी नेपालीको अभिभारा पुरा गर्ने लक्ष्यका साथ सरकार अगाडि बढेको बताउनु भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

उहाँले वर्तमान् सरकारले देशको सिमाको रक्षा गर्ने, भूमि फिर्ता गर्नेदेखि देशलाई आर्थिक सम्बृद्धिमा लगेर जनताको दुखलाई सुखमा परिणत गर्नेमा दुविधा नपाल्न आग्रह गर्नुभयो । उहाँले जनता सुखी भए देश सुखी हुने बताउदै जनताको चाहना र विकासलाई वर्तमान् सरकारले पुरा गर्ने भन्दै विकास र समृद्धिका लागि नेकपाका उम्मेदवारलाई मतदान गर्न मतदातालाई आव्हान गर्नुभयो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य, युवा ईन्चार्ज एवं पूर्वमन्त्री महेश बस्नेतले भक्तपुर क्षेत्र नं. २ ले विकाशको गतिमा तिब्रता लिएको बताउदै अब क्षेत्र नं. १ ले विकासको दौडमा लम्कने भनाई राख्नुभयो ।

प्रतिकृया