काँग्रेसले गर्यो चुनावी सभा
प्रकाशित मिति
२०७६ मंसिर ११ गते, बुधबार ०७:२०
नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले काँग्रेसले नेकपा नेतृत्व दुईतिहाई सरकारको मूल्यांकनको रुपमा उपनिर्वाचनलाई लिएको बताउनु भएको छ । आगामी मंसिर १४ गते हुने भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा १ (क) को उपनिर्वाचनको संघारमा आज नेपाली काँग्रेसले चाँगुनारायण नगरपालिकाको लप्टन डाँडामा आयोजना गरेको अन्तिम चुनावी सभामा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
सहमहामन्त्री महतले सरकारबाट जनता निराश भएको दाबी गर्दै निराश जनताले काँग्रेसलाई फेरी रोज्ने बेला आएको बताउनुभयो । देशको विकासको जिम्मेवारी काँग्रेसले मात्रै पुरा गर्न सक्ने भन्दै उहाँले उपनिर्वाचनको नतिजा काँग्रेसको पोल्टामा ल्याएर विजय सुनिश्चित गर्न मतदातालाई आग्रह गर्नुभयो । कार्यक्रममा केन्द्रिय सदस्य गोपालमान श्रेष्ठले जनताले नेकपाप्रति विश्वास गुमाईसकेको जिकिर गर्दै काँग्रेस एक ढिक्का भएर अगाडि बढे काँग्रेसको जित सुनिश्चित रहेको बताउनुभयो । काँग्रेसलाई निष्पक्ष उपनिर्वाचन सम्पन्न गर्ने कार्यमा लाग्न पनि आग्रह गर्नुभयो ।
त्यसअवसरमा राप्रपा संयक्तका केन्द्रीय सदस्यद्धय दिनेश श्रेष्ठ, रबिन्द्रप्रताप शाहले राप्रपाको सबै मत काँग्रेसलाई दिने भएकाले यसपटकको उपनिर्वाचनमा काँग्ेसले निर्धक्कसंग जित सुनिश्चित गर्ने दाबी गर्नुभयो । विकासमा दुबैदल संगै लाग्ने पनि उहाँले बताउनुभयो ।







प्रतिकृया