• ५ असोज २०८३, सोमबार
  • ७ः०७ बेलुका

बस दुर्घटनामा ८ जनाको मृत्यु

प्रकाशित मिति

२०७६ मंसिर ११ गते, बुधबार ०६:२०

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६, नरपानीमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । सन्धिखर्कबाट बुटवलका छुटेको लु २ ख २१४८ नम्बरको बस दुर्घटनामा भएका हो । दुर्घटनामा परि १० जनाको ज्यान गएको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक माधव रेग्मीले जानकारी दिए । घाइते सात जनालाई उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रकाश खत्रीले जानकारी दिए ।

National Life

बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाका बारेमा विस्तृत विवरण आउन बाँकी छ । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयले उद्धार गरिरहेका छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया