• ४ साउन २०८३, सोमबार
  • १:२७ बिहान

कुटनीतिक रुपमा भारत र चीनसँग सीमा विवाद हल गर्नुपर्छ : डा. यादव

प्रकाशित मिति

२०७६ मंसिर २ गते, सोमबार ०९:४३

काठमाडौं, समाजवादी पार्टीका नेता डा. शिवजी यादवले भारत र चीन दुवै देशसँगको सीमा विवादलाई सरकारले कुटनीतिक पहलकदमीमार्फत हल गर्नुपर्ने आफूहरुको सुझाव रहेको सुनाए ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘सीमा विवादबारे प्रधानमन्त्रीले बालुवाटारमा सर्वपक्षीय बैठक बोलाउनुभयो, यो अत्यन्तै राम्रो कुरा हो । यसले मुलुकभरि राम्रो सन्देश गएको छ । अहिले राष्ट्रिय एकता बनेको छ । बालुवाटारको बैठकले पनि राष्ट्रिय एकता मजबुद भएको सन्देश गएको छ ।’

Kamana Sewa

यादवले सरकारले भारतसँग सीमा मिचेको बारेमा गम्भिर छलफल गर्छु भनेको सुनाउँदै यसको बारेमा सडकमा विरोध गर्न नहुने सुझाव दिए । उनले भने,‘सरकारले भारतसँग कुटनीतिक रुपमा समस्या समाधानको लागि पहल गर्छु भनिसकेको छ । सर्वपक्षीय बैठकमा सबैको एकमत छ । यस्तो अवस्थामा सडकमा प्रदर्शन गर्नु र सडक तताउने कुरामा म सहमत छैन् ।’ उनले भारत र चीन दुवैसँग नेपालले सीमा विवादबारे कुटनीतिक रुपमा समाधान खोज्नुपर्ने धारणा राखे ।

Classic Tech Desktop

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो पहिलो कार्यकालमा नेपाल भ्रमणमा आउँदा नेपालको तत्कालिन संविधानसभामा ‘भारतले नेपालीबिना एउटापनि युद्ध नजितेको’ भनेर गरेको भाषण आफ्नो मानसपाटलमा अहिलेपनि ताजै रहेको यादवले स्मरण गराए । उनले भने,‘हामी नेपालीहरुले आफ्नो जमिनबारे कसैसँगपनि सम्झौता गर्दैनौं । हामी हाम्रो राष्ट्रियताप्रति प्रष्ट छौं ।’

उनले भारत र चीन दुवैले नेपालको सीमा मिच्न नपाउने बताए । दुवै देशसँग सम्बन्ध र मित्रता गहिरो रहेकोले दुवै तर्फबाट मित्रवत व्यवहार हुनुपर्ने उनको भनाई छ ।

त्यस्तै, यादवले भ्रष्टाचारले अहिले देशमा जरा गाडेको पनि टिप्पणी गरे । उनले भने,‘हाम्रो देश भ्रष्टाचारको रोगले ग्रस्त छ । मुलुक सुशासन भए भ्रष्टाचार निर्मूल हुँदै जान्छ । सरकारले भ्रष्टाचारको सवालमा कडा कदम चालेको छ । सरकार भ्रष्टाचार रोक्नको लागि अग्रसर छ । यसमा जो कोहीपनि संलग्न भए सरकारले छोड्नेवाला छैन् ।’

उनले संविधान संशोधन गर्नको लागि पनि आफ्नो पार्टी सरकारमा रहने निश्कर्ष पार्टीको हालै बसेको केन्द्रिय कार्यसमिति बैठकले निर्णय गरेको सुनाए । उनले भने,‘संविधानलाई अग्रगामी बनाउनको लागि पनि संशोधन अनिवार्य छ । यसको लागि सरकारमा हाम्रो उपस्थिति अनिवार्य रहेको कुरा हामीले महशुस गर्यौं ।’ उनले अरु दललाई पनि सरकारमा सहभागी हुन आग्रह गरिएको जनाए ।

राजपा नेपालसँगको एकताकोलागि वार्ता जारी रहेकोले एकता हुनेमा आफू आशावादी रहेको यादवको भनाई छ । उनले भने,‘एकीकरणको सवाल भनेको गम्भिर विषय हो । राजपासँग एकता हुन्छ भन्नेमा म आशावादी छु ।’

प्रतिकृया