• २३ भदौ २०८३, मंगलबार
  • ११ः४९ बिहान

प्राचिन मुर्ति लुकाइ राख्ने जेसीबी चालक पक्राऊ

प्रकाशित मिति

२०७६ कार्तिक ३० गते, शनिबार ०१:५०

बारा, बाराको सिम्रौनगढ नगरपालिका. ३ नयका टोल स्थित पोखरी खन्ने क्रममा फुटेको अवस्थामा फेला परेको प्राचिन मुर्ति लुकाइ राख्ने जेसीबी चालकलाई प्रहरीले पक्राऊ गरेको छ ।शुक्रबार मुर्ती लुकाई छिपाई राखेको अवस्थामा सर्लाहीको बरहथवा नगरपालिका.१३ बसवरिया टोलका ३१ वर्षीय नविन रामलाई प्रहरीले पक्राऊ गरेको हो ।

National Life

कार्तिक ९ गते ना १ क ५२०२ नंं को जेसीबीले पोखरी खन्ने क्रममा फुटेको अवस्थामा फेला परेको प्राचिन मुर्ति चालक नविनले कसैलाई जानकारी नदिई लुकाई छिपाई राखेको अवस्थामा इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलीले फेला पारी उनलाई पक्राउ गरेको हो ।

पक्राऊ परेका उनीमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया