• २३ भदौ २०८३, मंगलबार
  • ११ः०९ बिहान

कीर्तिपुर क्रिकेट मैदानमा सचिन तेन्दुलकरको ब्याटिङ

प्रकाशित मिति

२०७६ कार्तिक ३० गते, शनिबार ०१:३७

काठमाडौं , कीर्तिपुरस्थित क्रिकेट मैदानमा खेलहरू भइरहन्छन् । त्यहाँ हुने खेलमा अक्सर दर्शकहरूको केन्द्रमा कुनै टिम हुन्छ र उनीहरू आफ्नो टिम जिताउन हौसला प्रदान गरिरहेका हुन्छन् ।

National Life

शनिबार बिहान बालबालिकाहरूसँगको खेलमा भने एक व्यक्ति दर्शक र सञ्चारकर्मीको आकर्षणको केन्द्रमा रहिरहे ।क्रिकेटप्रेमीका चिरपरिचित अनुहार सचिन तेन्दुलरकर मैदानमा उत्रिएपछि सबैको आकर्षणको केन्द्र बनेका हुन् ।शुक्रबार राति गोप्य रूपमा काठमाडौं आइपुगेका सचिनले शनिबार बिहान कीर्तिपुर क्रिकेट मैदानमा आयोजित मैत्रीपूर्ण खेलमा बालबालिकाहरूसँग खेलेका हुन् । उनले जारी खेलमा व्याटिङ गरेका छन् ।सचिन बालबालिकाको एक टिमको नेतृत्व गर्दै मैदानमा उत्रिरहँदा उनको पक्षमा हुटिङ गर्दै दर्शकले साथ दिइरहेका छन् ।

सचिनले एक समूहको नेतृत्व सम्हालिरहँदा अर्को टिमको नेतृत्व नेपाली क्रिकेटर विनोद दासले सम्हालिरहेका छन् । यसले कीर्तिपुर क्रिकेट मैदानको रौनक बढाइरहेको छ ।बाल अधिकारको प्रवर्द्धनका लागि कीर्तिपुरमा बालवालिकासँग १० ओभरको मैत्रीपूर्ण खेल आयोजना गरिएको हो । संयुक्त राष्ट्र संघको बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको ३० वर्ष पुगेको अवसरमा नोभेम्बर १५ को दिन पारेर युनिसेफका सदभावना दूत तेन्दुलकर नेपाल आइपुगेका हुन् ।हरेक बालवालिकालाई ‘खेल्ने, रमाउने र आराम गर्ने अधिकार हुन्छ’ भन्ने नाराका साथ मैत्रीपूर्ण खेल आयोजना गरिएको आयोजकले जनाएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया