नेपाली तेक्वान्दो टोलीद्धारा एक रजत पाँच कास्य पदक जित्न सफल
प्रकाशित मिति
२०७६ कार्तिक २४ गते, आईतवार ११:०२
काठमाडौँ, १३औँ दक्षिण एसियाली खेलकुद (साग)को तयारीमा चीनको सिहान शहरमा रहेको नेपाली तेक्वान्दो टोलीका खेलाडीले बिश्व तेक्वान्दोको अफिसियल प्रतियोगितामा एक रजत पाँच कास्य पदक जित्न सफलभएको छ ।
जसमा ज्ञानेन्द्र हमालले रजत पदक र काजल श्रेष्ठ, युनिसा राई, भुपेन श्रेष्ठ, निशा रावल र मनोज मल्लले कास्य पदक जित्नुभएको छ ।प्रतियोगिताको हेड अफ टिममा मुख्य प्रशिक्षक नबिन कुमार श्रेष्ठको नेतृत्वमा प्रशिक्षकहरुमा कोरियाली प्रशिक्षक क्यान योङ दाल, ओलम्पियन संगीन र दीपक रहनुभएको थियो ।
७ देखि ९ नोवेम्बर २०१९ मा सम्पन्न प्रतियोगितामा महिलातर्फ काजलले ४६ केजी मूनिमा हङकङलाई ६/१५ ले युनिशाले ४९ केजी मुनिमा आफ्गनिस्थानलाई २१/२६ ले र पुरुषतर्फ मनोजले ५४ केजी मूनिमा हङकङ लाई ४/२५ले हराउँदै कास्य पदक जितेका हुन् भने प्रतियोगिताको अन्तिम दिन निशा रावल ७३ केजी माथिमा चिनका खेलाडी संग ५/३ ले पराजित हुदै कास्य पदक, पुरुषतर्फ भुपेन श्रेष्ठले ९८७ केजी मुनि चिनका खेलाडीलाई ६र१० सेमिफाइनलमा चिनका खेलाडी ५र४ ले पराजित हुदै कास्य पदक र पुरुषतर्फ ज्ञानेन्द्र हमालले चिनया खेलाडीलाई १६/१५, कोरियालि खेलाडीलाई १७/३० सेमिफाइनलमा चिनया खेलाडीलाई २९/३७ हराउदै फाईनलमा चिनका खेलाडी संग ३२/१५ ले पराजित हुदै रजत पदक जित्न सफल भएका छन ।






प्रतिकृया