भक्तपुर तथा कमेरोटारका समस्या समाधान गर्न आफ्नो तर्फबाट जस्तो सुकै सहयोग तयार छु : सांसद बस्नेत
प्रकाशित मिति
२०७६ कार्तिक २४ गते, आईतवार ११:०६
भक्तपुर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य,पुर्व उद्योगमन्त्री तथा सांसद महेश बस्नेतले समग्र भक्तपुर तथा कमेरोटारका समस्या समाधान गर्न आफ्नो तर्फबाट जस्तो सुकै सहयोग गर्न तयार भएको बताउनु भएको छ ।
मध्यपुर थिमी नगरपालिका वडा नं. ५ स्थित कमेरोटार नगर विकास संयोजन समाजको शनिवार आयोजित तेस्रो साधारण सभामा बोल्दै सांसद बस्नेतले भक्तपुर तथा कमेरोटारका समस्या समाधान गर्न आफ्नो तर्फबाट जस्तो सुकै सहयोग गर्न प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा केन्द्रीय राजधानीसँगै जोडिएको भक्तपुर भए पनि विगतका जनप्रतिनिधिको कमजोरिका कारण विकासबाट टाढा रहनुपरेको उल्लेख गर्दै अबको दिनमा भक्तपुर पिछडिएको जिल्ला नभई विकासित र शु–संस्कृत भएको जिल्लाको रुपमा परिचित हुने बताउनुभयो । त्यसैगरी कुनै पनि पिछडिएको जिल्ला वा ठाउँको परिचय बदल्नका लागि धेरै लामो समय पर्खनु नपर्ने समेत दाबी गर्नुभयो ।
भक्तपुरको विकासको लाइफ लाइनको रुपमा हनुमन्ते नदीको करिडोर रहेको उल्लेख गर्दै उहाँले उक्त करिडोर दुई तीन वर्ष भित्रमा निर्माण सम्पन्न हुने बताउनुभयो । उहाँले भक्तपुरका जनताको चेतनाको विकास आधुनिक तरिकाले अघि बढिरहेको बताउँदै पार्क, सामुदायीक भवन, वातावरण स्वच्छतालगायतका कार्यहरुको अभियान तिव्र गतिका साथ अघि बढिरहेको जानकारी गराउनुभयो ।
विकास निर्माण तथा सामाजिक कार्यमा मानिसको योगदान, क्षमता, योग्यता लगायतको कदर गर्नुपर्नेमा जोड दिँदै उहाँले राजनीतिक शक्ति तथा सम्पत्तीको आडमा न्याय नमर्ने उल्लेख गर्नुभयो । वर्तमान सरकारले कानुनलाई कडाईका साथ लागु गर्ने क्रममा सवालमा कानुनको नजरमा कोही उच्च र निच नहुने स्पष्ट पार्नुभयो ।
समाजको अधिवेशनले १३ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ । सांसद बस्नेत तथा अन्य अतिथिले कार्यसमिति निर्विरोध गराउन विशेष पहल गरेता पनि उक्त पहललाई अस्वीकार गर्दै कार्यसमितिको अध्यक्षको लागि श्री बहादुर खड्का र इन्द्र कुमार श्रेष्ठले प्रतिपर्धा गर्नुभएको थियो । जसमा खड्काले ६९ मत प्राप्त गरी विजयी हुनुभएको थियो भने उहाँका प्रतिद्वन्दि श्रेष्ठले ४५ मत प्राप्त गर्नुभएको थियो । अन्य निर्विरोध निर्वाचित हुुनभएको थियो ।






प्रतिकृया