• ५ असोज २०८३, सोमबार
  • ६ः०१ बिहान

कालापानीबारे नेताहरुको ऐक्यबद्धता

प्रकाशित मिति

२०७६ कार्तिक २४ गते, आईतवार ०९:४६

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवादबारे परामर्श गर्न बोलाएको सर्वपक्षीय बैठकमा सहभागी सबैले राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको मामलामा अभूतपूर्व राष्ट्रिय सहमति प्रकट गरेको छन् ।

National Life

बालुवाटारमा सम्पन्न सर्वपक्षीय छलफलबारे जानकारी दिने क्रममा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सो कुरा बताएका हुन् । बैठकमा सहभागीहरूले सीमा समस्याको विषयलाई राजनीतिक र कुटनीतिक माध्यमबाट समाधान गरिनु पर्ने सुझाव दिएका थिए ।मन्त्री ज्ञवलीले भन्नुभयो, सबैको एउटै स्वर छ कालापानी क्षेत्र भित्रका कालापानी, लिपुलेक र लिम्पियाधुरा निर्विवाद ढंगले नेपालको भूभाग हो ।

महाकालीको उद्गम लिम्पियाधुराबाट बग्ने कुटियाङ्दि नदी हो । नेपालको सिमाना त्यहाँसम्म विस्तार भएको छ । यो राष्ट्रिय सहमति र राष्ट्रिय एकतालाई आधार बनाएर नेपाल सरकारले भारत सरकारसँग प्रभावकारी कुटनीतिक माध्यमबाट वार्ता अगाडि बढाउनुपर्छ । गोरखापत्र दैनिक बाट साभार ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया