• १९ भदौ २०८३, शुक्रबार
  • ९ः५६ राती

भारतको नयाँ नक्शा मान्य नहुने भन्दै परराष्ट्र मन्त्रालयद्धारा प्रेस विज्ञप्ति जारी

प्रकाशित मिति

२०७६ कार्तिक २१ गते, बिहीबार ०३:२१

काठमाडौं, भारतले हालै प्रकाशित गरेको नयाँ राजनीतिक नक्शाबारे सरकारको ध्यानाकर्षण भएको छ । परराष्ट्र मन्त्रालयको बुधबार जारी प्रेस विज्ञप्तिमा सरकारले भारतको नयाँ नक्शा मान्य नहुने बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘दुवै देश बीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धि विषयहरु दुवै पक्षको आपसी सहमतिमा टुंग्याउनुपर्ने र एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने स्पष्ट छ । भारतको नयाँ नक्शामा कालापानी क्षेत्र उसको सीमाभित्र उल्लेख गरिएपछि विरोध शुरु भएपछि सरकार बोलेको हो । सरकारले भनेको छ, ‘कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट छ ।’

Kamana Sewa

विज्ञप्तिमा सरकारले सीमाना रक्षाको लागि प्रतिवद्ध रहेको र दुई मित्र राष्ट्रहरु बीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्तावेज एवं तथ्य प्रमाणहरुको आधारमा कूटनीतिक माध्यमबाट हुनुपर्ने मान्यतामा रहेको उल्लेख गरेको छ । सरकारले नेपाल र भारत दुवै पक्षबाट आपसी सहमतिमा सीमा सम्बन्धी विषयहरु टुंग्याउनुपर्नेमा जोड दिएको छ ।

Classic Tech Desktop

प्रतिकृया