• १९ भदौ २०८३, शुक्रबार
  • २ः०५ राती

छठ पर्व आजबाट विधिवत रुपमा सुरु

प्रकाशित मिति

२०७६ कार्तिक १३ गते, बुधबार १०:०६

काठमाडौँ, मिथिलाञ्चलमा आज बुधबारदेखि विधिवत रुपमा छठ पर्व सुरु भएको छ । सत्य, अहिंसा, आरोग्य र समृद्धिको रुपमा मनाइने छठको पहिलो दिन आज नुहाएर शुद्ध खानेकुरा खाइ छठ पर्वको शुरुवात हुन्छ । आजको दिन माछा र कोदो खान नहुने धार्मिक मान्यता रहेको छ ।

छठ पूजाको दोस्रो दिन भोलि खरना मनाइन्छ । जसअन्तर्गत व्रतालुले दिनभरि उपवास बसेर राति खीर, पुरी लगायतका वस्तुहरु गृह देवता र सूर्य देवतालाई चढाइ अरबा अरबाइन अर्थात बिना नुनको खानेकुरा खाने गर्दछन् । त्यस्तै पर्वको तेस्रो दिन व्रतालुले दिनभरि आ–आफ्ना घरमा नानाथरीका पक्वान्न बनाएर, केरा, स्याउ, उखुसहित विभिन्न प्रकारका माटाका भाँडामा राखेर साँझपख नदी तलाउमा गइ अस्ताउँदो सूर्यलाई अर्घ दिने गर्दछन् ।

Kamana Sewa

त्यस दिन रातभरि नदी, तलाउ तथा पोखरीको डिलमा जाग्राम बसेर त्यसको भोलिपल्ट अर्थात् आउने आइतबार बिहान उदाउँदो सूर्यलाई ती सबै खाद्य वस्तुले अर्घ दिँदै छठ पर्वको समापन गर्ने गरिन्छ ।

Classic Tech Desktop

प्रतिकृया