• १८ भदौ २०८३, बिहीबार
  • ११ः०० राती

जुवाको खालबाट तीनजना महिलासहित झण्डै ५ सय पक्राउ

प्रकाशित मिति

२०७६ कार्तिक १३ गते, बुधबार १०:५९

काठमाडौं , जुवाको खालबाट उच्चतहको जिम्मेवारीमा रहेकादेखि पक्राउ परिरहेका छन ।  तिहारको उत्सवमा रमाइरहँदा जुवातास खेल्नेहरू धमाधम पक्राउ परिरहेका नेपाल प्रहरीले जनाएको छ।

पछिल्लो १० दिनमा देशभरीका ३१ स्थानबाट जुवातास खेल्ने र खेलाउने कार्यमा संलग्न तीनजना महिलासहित झण्डै ५ सय पक्राउ गरिएको प्रहरीले बताएको छ। पक्राउ गरिएकालाई थनेर राखिएको छ ।

Kamana Sewa

जुवातास खेल्ने खेलाउने कार्यलाई नेपालको कानुनले अपराधमा राखेको छ। नयाँ अपराध संहिता लागु हुनु अगाडि सजायको व्यवस्था निकै कम भएको र त्यसले जुवातास नियन्त्रण नहुने धेरैको मत थियो। जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई सय रुपैयाँ जरिबाना र दोस्रोपटकदेखि भने बढीमा नौ महिना कैदको व्यवस्था थियो।

Classic Tech Desktop

तर २०७५ साल भदौदेखि लागु भएको मुलुकी अपराध संहितामा जुवा खेल्ने वा खेलाउनेलाई सजाय बढाइएको छ।

उक्त संहिताको दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिबानाको व्यवस्था छ।

दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिबाना तोकिएको छ। दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना तिर्नु पर्ने व्यवस्था छ।

जुवा खेल्न प्रयोग भएको साधन र जुवा खालमा प्राप्त सम्पुर्ण चलअचल सम्पत्ति जफत हुने कानुनी व्यवस्था छ। तर जुवा खेलेको घर वा कोठा वा ठाउँ वा सवारीसाधन भने जफत हुँदैन।

प्रतिकृया