• २ असोज २०८३, शुक्रबार
  • ७ः४६ बिहान

शंखधर साख्वाको प्रतिमामा माल्यार्पण

प्रकाशित मिति

२०७६ कार्तिक १२ गते, मंगलवार ०४:३७

गुठि बिधेयकका बारेमा गलत प्रचारप्रसार गरिएको उपप्रधान तथा रक्षामन्त्री पोखरेलको आरोप

National Life

क्षेत्र विकास कोषबाट राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानलाई पचास लाख दिने सांसद बस्नेतको घोषणा

बुधबारको सार्वजनिक विदा बिक्रम सम्वतको नभई नेपाल सम्वतको दिइएको हो : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई

Classic Tech Mobile
Classic Tech Desktop

भक्तपुर, भक्तपुरको मध्यपुर थिमिस्थित शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरी नेपाल सम्वत् ११४० मनाइँदैछ । नेपाल सम्वतका प्रवर्तक शंखधर साख्वाको प्रतिमामा आज मंगलबार उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल लगायतले मध्यपुर थिमिको शंखधर चोकमा माल्यार्पण गरी नेपाल सम्वत मनाइँदै छ । प्रत्येक वर्ष शंखधर चोकमा रहेको नेपाल सम्वतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरिँदै आएको छ ।

गुठि बिधेयकका बारेमा गलत प्रचारप्रसार गरिएको उपप्रधान तथा रक्षामन्त्री पोखरेलको आरोप

माल्यार्पण कार्यक्रममा बोल्दै उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले गुठि बिधेयकका बारेमा गलत प्रचारप्रसार गरिएको आरोप लगाउनु भयो । गुठिको संरक्षण, प्रर्वद्धन र साँस्कृतिक परम्पराको जीवन्तता दिने पक्षमा सरकार रहेता पनि सामन्ती अवशेष भित्रिएको र उपत्यका बाहिर गुठीको नाममा जनताको सम्पत्ति कब्जा गर्ने काम भएकाले गुठी विधेयक सरकारले ल्याएको उहाँले टिप्पणी गर्नुभयो ।

नेपाल सम्वत एक जातिको मात्र भएको भन्ने भ्रमलाई चिर्दै यसलाई नेपालका सबै पक्षलाई बुझाएर आगामी दिनमा यसको सबल कार्यान्वयन तर्फ सरकार अघि बढ्ने समेत उहाँले बताउनुभयो । यो सम्वतका बैज्ञानिक पक्षका बारे बुझ्न, स्विकार गर्न सकिने कसरी बनाउने भन्नेमा समेत सरकार लागेको बताउँदै यो सम्वत एक जातिको मात्र नभएर सिँगो मुलुकको माग भएको बनाउने तर्फ सरकार लागि परेको उहाँले बताउनुभयो । उहाँले नेपाल सम्वत नेपालको मौलिक सम्वत, पहिचान बनाउने सम्वत र नेपालीद्वारा निर्मित्त सम्वत भएकाले यसलाई नेपालको गौरवका रुपमा सम्पूर्ण नेपालीले मनाउनु पर्नेमा जोड दिनुभयो ।

क्षेत्र विकास कोषबाट राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानलाई पचास लाख दिने सांसद बस्नेतको घोषणा

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, प्रतिनिधिसभाका सांसद तथा पुर्व उद्योगमन्त्री महेश बस्नेतले नेपाल सम्वतलाई सबै नेपालीहरुको ऋण मुक्त भएको दिन भएको सम्झदै मान्छे भित्र रहेको अहमतालाई हटाइ मुलुकको समृद्धि र समाज परिवर्तनमा जोड दिनुपर्ने बताउनुभयो ।

सांसद बस्नेतले क्षेत्र विकास कोषको बजेट मर्फत राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानको कार्यलय निर्माणका लागि रु पचास लाख दिने घोषणा गर्नुभयो । सांसद बस्नेतले दक्षिण बराही देखि निल बराही सम्मको क्षेत्र एउटा नेवारीहरुको विशेष अनुपम क्षेत्र रहेको बताउनुभयो ।

बुधबारको सार्वजनिक विदा बिक्रम सम्वतको नभई नेपाल सम्वतको दिइएको हो : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल सम्वत कार्यान्वयन गर्ने परम्पराको थालनी भोलि बुधबार सरकारले दिएको बिदा बिक्रम सम्वतको क्यालेण्डरअनुसार नभई नेपाल सम्वतको क्यालेण्डरअनुसार भएको बताउनुभयो । उहाँले सरकारले नेपाल सम्वतका बारे क्यालेन्डर मात्र नभएर बिभिन्न क्षेत्रमा यसको कार्यान्वयन कसरी गर्न सकिन्छ भन्ने तर्फ सरकार लागि परेको उहाँले बताउनुभयो । भाषा संस्कृति र परम्पराको संरक्षण तर्फ सरकारले आफ्नो भूमिकामा कुनै कमी नराख्ने समेत उहाँले बताउनुभयो ।मन्त्री भट्टराईले आगामी वर्षदेखि भक्तपुरको मध्यपुर थिमीमा गरिने शंखधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रममा सरकारले पनि आयोजकको भूमिका निभाउने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानद्वारा प्रकाशित शंखधर बुलेटिनको उपप्रधानमन्त्री पोखरेलले विमोचन गर्नुभएको थियो । राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानका अध्यक्ष शंखधर चन्दनकृष्ण श्रेष्ठ हुनुहुन्छ । नेपाल सम्वतलाई सबै नेपालीहरुको ऋण मुक्त भएको दिनका रुपमा मनाइन्छ ।

 

प्रतिकृया