• १८ भदौ २०८३, बिहीबार
  • ५ः१५ बेलुका

राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा तिहारको शुभकामना

प्रकाशित मिति

२०७६ कार्तिक ९ गते, शनिबार ०९:०८

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले तिहारको पावनअवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

Kamana Sewa

तिहार पर्वको अभिन्न अङ्गको रुपमा रहेको देउसी–भैलो खेल्ने सांस्कृतिक परम्पराले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बन्ने र समाजमा शान्ति एवं स्थायित्वका साथ मुलुकमा आर्थिक समृद्धि हासिल हुने विश्वास लिएको उल्लेख गर्नुभएको छ । राष्ट्रपतिले तिहारको अन्तिम दिन मनाइने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीबीचको आपसी स्नेहलाई थप प्रगाढ बनाउन मद्दत गरिरहेको सन्देशमा उल्लेख गर्नुभएको छ ।

Classic Tech Desktop

तिहार पर्वका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपतिले यमपञ्चकको पाँच दिनसम्म मनाइने यस पर्वमा पशुपक्षी र वनस्पतिलाई सम्मानस्वरुप प्रत्येक नेपालीका घरघरमा काग, कुकुर, गाई, गोवद्र्धन र लक्ष्मीको पूजा गरी साँझमा दीपावली गर्ने र अन्तिम दिन भाइटीका लगाउने परम्परा रहिआएको उल्लेख गरिएको छ ।

प्रतिकृया