• २४ भदौ २०८३, बुधबार
  • ३ः२१ दिउँसो

मानव वेचबिखन तथा ओसार पसार गर्ने तीन जना जेल चलान

प्रकाशित मिति

२०७६ कार्तिक ४ गते, सोमबार ०३:११

भक्तपुर, मध्यपुर ठिमी नगरपालिका–९ बोडे सिन्टीटार स्थित श्रीकण्ठ प्रजापति भन्ने श्रीकान्त प्रजापति समेतले भाडामा लिएको घरमा ल्याई महिला तथा किशोरीहरुलाई प्रलोभनमा पारी बेश्यावृत्ती गर्ने तीन जना पक्राउ परेका छन् ।

National Life

पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगडी नगरपालिका–६ मेलचोक स्थाई वतन भई हाल मध्यपुर ठिमी नगरपालिका–९ बोडे बस्ने २५ वर्षिय राजेश गिरी (संजय ), सोही स्थानमा बस्ने ५० वर्षिय श्रीकान्त प्रजापति (श्रीकण्ठ प्रजापति ) र धादिङ फुलखर्क गाउ पालिका–४ का हाल बोडेमै बस्ने २९ वर्षिय सोनिया तामाङ भन्ने सबिना तामाङ (गुरुङ) रहेकी छिन् ।

बिभिन्न स्थानहरुबाट महिला तथा किशोरीहरुलाई प्रलोभनमा पारी उक्त स्थानसम्म ल्याएर यौनशोषण गर्न विभिन्न ब्यक्तिहरु बोलाई मादक पदार्थ सेवन गराई प्रभाव पारी प्रत्यक्ष आर्थिक फाईदा लिने उद्देश्यले बेश्यावृत्तीमा समेत लगाउने गरेको भन्ने मिति २०७६र०५र२३ गते पीडितले दिएको जाहेरीको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी अधिकृत सहितको टोलीले पक्राउ गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

उनीहरुलाई पक्राउ गरी जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य सम्पन्न भए पश्चोत अदालतमा पेश गरिएकोमा अदालतबाट तीनै जना अभियुक्तहरुलाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश भएकोमा कारागार कार्यालय जगन्नाथदेवल, काठमाण्डौ पठाईको महानगरीय प्रहरी परिसर भक्तपुर जनाएको छ ।

प्रतिकृया