कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
प्रकाशित मिति
२०८३ आश्विन १६ गते, शुक्रबार ०२:४५
१६ असोज २०८३ काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने भएका छन्। पार्टी कार्यालय सानेपामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता देवराज चालिसेले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए।
देश शोकमा रहेकाले महाधिवेशनमा झाँकीसहितको तामझाम नगर्ने निर्णय गरिएको उनले बताए। महाधिवेशन मितव्ययी रूपमा सम्पन्न गर्ने तयारी गरिएको उनको भनाइ छ। ‘यो अधिवेशन अत्यन्तै मितव्ययी रूपमा सम्पन्न गर्न गइरहेका छौँ। प्रचारका कुनै झाँकीहरू, तस्बिरहरू, झकिझकाउ धेरै देख्नुहुने छैन। देशमा ठूलो विपत् आएको अवस्थामा हाम्रो बाध्यात्मक अवस्थाको अधिवेशन हो,’ चालिसेले भने।
महाधिवेशनमा सहभागी प्रतिनिधिका लागि बिहान, दिउँसो र बेलुकाको खाना भृकुटीमण्डपमा व्यवस्था गरिने भएको छ। भने प्रतिनिधिहरूले बस्ने व्यवस्था भने आफैँ गर्नुपर्नेछ। प्रवक्ता चालिसेका अनुसार महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ।








प्रतिकृया