• १३ असोज २०८३, मंगलबार
  • १ः५५ दिउँसो

प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच बिदाइ भेट

प्रकाशित मिति

२०८३ आश्विन १३ गते, मंगलवार ०१:३१

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग बिदाइ भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहले राजदूत श्रीवास्तवलाई सफल कार्यकाल पूरा गरेकोमा बधाई तथा शुभकामना दिएका छन् ।

National Life

भेटका क्रममा प्रधानमन्त्री शाहले पछिल्लो समय रसुवा बाढीलगायतका विपद्का समयमा भारतले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले नेपाल–भारत सम्बन्धलाई थप गहिरो र बहुआयामिक बनाउन राजदूत श्रीवास्तवले निर्वाह गरेको भूमिकाको पनि प्रशंसा गरेका छन् । राजदूत श्रीवास्तवले नेपालमा आफ्नो कार्यकाल पूरा गरेका छन् । उनी केही दिनमा नेपालबाट फर्कने तयारीमा छन् । राजदूत श्रीवास्तवले चार वर्षअघि नेपालका लागि भारतीय राजदूतको जिम्मेवारी सम्हालेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया