• ८ असोज २०८३, बिहीबार
  • ९ः४० बिहान

नयाँ डिजाइनसहित १ हजार रुपैयाँको नोट चलनचल्तीमा ल्याउँदै राष्ट्र बैंक

प्रकाशित मिति

२०८३ आश्विन ८ गते, बिहीबार ०९:३५

८ असोज २०८३ काठमाडौं — नेपाल राष्ट्र बैंकले नयाँ डिजाइन र सुरक्षा विशेषतासहित १ हजार रुपैयाँ दरको बैंकनोट चलनचल्तीमा ल्याउने भएको छ। बैंकले ‘सिरिज २०२५’ को १ हजार रुपैयाँको नोट साविककै आकारमा तर नयाँ रंग र सुरक्षा विशेषतासहित प्रचलनमा ल्याउन लागेको हो।

National Life

नयाँ नोटको मुख्य रंग बैजनी घेराभित्र फिक्का हरियो रहेको छ। अगाडिको भागमा सगरमाथाको चित्र, लालीगुराँसको पानीछाप र पानीछापमा १ हजार अंक राखिएको छ। दृष्टिविहीन व्यक्तिले सहजै पहिचान गर्न सक्ने गरी रोमन अक्षर ‘एम’ तथा तेर्सा रेखासमेत राखिएका छन्।

नोटमा सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने विशेष सुरक्षा विशेषता तथा ३.५ मिलिमिटर चौडाइको सुरक्षा धागो प्रयोग गरिएको छ। सुरक्षा धागोमा ‘एनआरबी’ र ‘१०००’ अंक राखिएको छ। नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको दस्तखतसमेत रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

नोटको पछाडिको भागमा चितवनको सरकारी हात्तीसारमा रहेका दुर्लभ जुम्ल्याहा हात्ती राम र लक्ष्मणको चित्र राखिएको छ। साथै, सातवटै प्रदेशलाई जनाउने सातवटा लालीगुराँसका चित्र र हनुमानढोकास्थित ल्हाँचोकमा रहेको ऐतिहासिक थामको आकृति राखिएको छ।

राष्ट्र बैंकका अनुसार यसअघि सिरिज २०१९ को १ हजार रुपैयाँका नोट सीमित संख्यामा मात्र चलनचल्तीमा ल्याइएको थियो। नयाँ सिरिजको नोट भने यसअघि प्रयोगमा नआएको क्रमबाट सुरु गरिएको हो। नयाँ नोट प्रचलनमा आए पनि १ हजार रुपैयाँ दरका अन्य नोटहरू कानुनी रूपमा चलनचल्तीमै रहने राष्ट्र बैंकले जनाएको छ।

प्रतिकृया