कामना सेवा विकास बैंकको नगद लाभांश शेयरधनीको खातामा जम्मा
प्रकाशित मिति
२०८३ आश्विन ६ गते, मंगलवार ०९:२६
६ असोज २०८३ काठमाडौं — कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि साधारण शेयरधनीलाई पारित १५ प्रतिशत नगद लाभांश वितरण शुरु गरेको छ। बैंकको भदौ ३१ गते सम्पन्न २०औं वार्षिक साधारण सभाले नगद लाभांशमा लाग्ने करसमेत समेटेर १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। सोहीअनुसार बैंकले भदौ ३१ गतेदेखि आईपीएस मार्फत सम्बन्धित शेयरधनीको बैंक खातामा लाभांश जम्मा गर्न थालेको जनाएको छ।
भदौ १७ गतेसम्म आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका र हितग्राही खातामा उल्लेख भएको नाम तथा बैंक खाता नम्बर बैंक खातासँग हुबहु मिल्ने शेयरधनीको खातामा लाभांश जम्मा भइरहेको बैंकले जनाएको छ।
हालसम्म हितग्राही खाता नखोलेका वा हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगरेका शेयरधनीलाई यथाशीघ्र बैंक खाता र प्यान नम्बर अद्यावधिक गर्न बैंकले आग्रह गरेको छ। बैंक खाता सम्बन्धित शेयरधनीकै नाममा हुनुपर्नेछ भने उक्त खाता नेपाल क्लियरिङ हाउसअन्तर्गत आईपीएस सदस्यता प्राप्त बैंक वा वित्तीय संस्थाको हुनुपर्नेछ।
साथै भदौ १७ गतेसम्म शेयर धितो राखी कर्जा लिएका शेयरधनीको हकमा सम्बन्धित बैंक वा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर वा लोन सेटलमेन्ट लेटर प्राप्त भएपछि मात्र लाभांश खातामा जम्मा गरिने बैंकले जनाएको छ।






प्रतिकृया