एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
प्रकाशित मिति
२०८३ आश्विन २ गते, शुक्रबार ०५:४८
२ असोज २०८३ काठमाडौं — चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा नेपालमा २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह २१.२ प्रतिशतले बढेको हो। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २९.९ प्रतिशतले बढेको थियो।
अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १०.२ प्रतिशतले वृद्धि भई १ अर्ब ४० करोड डलर पुगेको छ।
यस्तै, समीक्षा अवधिमा खुद द्वितीय आय २ खर्ब २९ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १ खर्ब ९३ अर्ब ८५ करोड रुपैयाँ थियो।
वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ४२ हजार ६९३ रहेको छ भने पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २७ हजार ७४८ रहेको राष्ट्र बैंकले जनाएको छ।
Related
Recent News
- भदौमा नेपालले भारत र बंगलादेशलाई ५ अर्बभन्दा बढीको विद्युत् बेच्यो
- राष्ट्रपतिको आह्वानः संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाऔँ
- टुँडिखेलमा संविधान दिवसको भव्य समारोह, हेर्नुहोस् तस्वीरहरू
- संविधानको प्रभावकारी कार्यान्वयनमा तीनै तह क्रियाशील हुनुपर्छ : मुख्यमन्त्री थापा
- संविधान दिवसमा प्रम शाहको सम्बोधन : युवाले सडकमा मागेको सुशासन हामी प्रविधिबाट सुनिश्चित गर्छौँ (पूर्णपाठ)
- एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
- मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
- ४१ दिन इन्टरनेट बन्द भएपछि क्लासिक टेकलाई २ लाख ५० हजार क्षतिपूर्ति तिर्न आदेश
- नेप्से २२ अंकले बढ्यो, ६ अर्ब ७२ करोडको कारोबार
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया